"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्वास्थ्यमन्त्री पौडेलले सार्वजनिक गरेका दीर्घकालीन योजनामा के छन् ? [पूर्णपाठ]

प्रकाशित मिति :  11 August, 2024 6:40 pm


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि दीर्घकालीन योजना सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि दीर्घकालीन योजना सार्वजनिक गरेका हुन् । मन्त्री पौडेलले स्वास्थ्य बीमा र स्नायु रोगको उपचार केन्द्र स्थापनाबाहेक अन्य पुरानै योजना अघि सारेका छन् । 

मन्त्रीले पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा १ लाखबाट ५ लाख बढाउने प्रस्ताव गरेका छन् भने राजधानीमा सुविधा सम्पन्न स्नायु रोग उपचार केन्द्र यथाशीघ्र स्थापना गरिने बताएका छन् । आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निःशुल्क उपचारका सबै कार्यक्रमलाई  एकीकृत गरेर बिमामा जोड्ने योजना मन्त्री पौडेलले अघि सारेका छन् ।

उनले १६ औँ योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर दीर्घाकालीन योजना ल्याइएको बताएका छन् । जुन पुरानै योजना हुन् ।  पौडेलले सातै प्रदेशमा मानवअंग प्रत्यारोपण केन्द्र स्थापना गर्ने, औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण गरिने बताएका छन् । 

त्यस्तै, प्रदेश तथा सङ्घ अन्तर्गतका अस्पतालमा जलन उपचार निःशुल्क हुने, वार्षिक रूपमा एक पटक खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका योजना उनले अघि सारेका छन् । यी योजना कार्यान्वयन गर्नका लागि स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग सुझाव सङ्कलन गरिएको मन्त्री पौडेलले बताए ।

उनले योजना कार्यान्वयनका लागि पूर्व स्वास्थ्य मन्त्री, पूर्व स्वास्थ्य सचिव, पूर्व महानिर्देशक, पूर्व महाशाखा प्रमुख, स्वास्थ्य क्षेत्रका सरोकारवाला सङ्घ, संस्था र नियकाहरुका प्रतिनिधि, बहालवाला कर्मचारी, अस्पतालका निर्देशक, सञ्चारकर्मी र निजी क्षेत्र तथा विकास साझेदारसहित स्वास्थ्य क्षेत्रका विज्ञसँग सुझाव लिइएको बताए । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- संसदीय समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपायकाबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। सिंहदरबारमा

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा

काठमाडौँ– मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय