"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शान्ति प्रक्रियालाई साझा उपलब्धिको रूपमा अघि बढाउँछौँ : प्रधानमन्त्री

प्रकाशित मिति :  14 August, 2024 2:07 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयक संसदबाट पास भएपछि सहमतिका साथ आयोगहरु बनाउने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले टीआरसी विधेयकमा सहमति जुट्नु खुसीको विषय भएको बताए ।

प्रतिनिधिसभाको कानुन समितिले सहमति जुटाएर टीआरसी विधेयक संसदमा पेश गरेको र आजै संसदले पास गर्ने तयारी रहेको भन्दै उनले अगाडि भने, ‘सर्वसम्मतिबाट पीडितमैत्री र कुनै करकापमा नपरी सहमतिका साथ यस दस्तावेज अगाडि बढाएका छौं । यो हामी सबैका लागि खुसीको विषय हो ।’

ऐन बनिसकेपछि यस अन्तरगतका आयोगहरु निर्माण गर्ने उनले बताए । ऐनले आयोगलाई काम गर्न अनुकलता प्रदान गरेको भन्दै उनले अगाडि भने, ‘सहमतिका साथ प्रभावकारी आयोग बन्ने छन् । त्यसलाई सरकारको तर्फबाट पूराकापूरा सहयोग हुन्छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय