"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महिला भलिबल टिमलाई सरकारले नगदसहित पुरस्कृत गर्ने

प्रकाशित मिति :  16 August, 2024 6:50 pm


काठमाडौं – काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिप २०२४ मा दोस्रो भएको नेपाली टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टोलीका १४ खेलाडीलाई जनही तीन लाख रुपैयाँ, प्रशिक्षकलाई दुई लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोलाई जनही एक लाख २० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत सरकारले गरेको निर्णय जानकारी गराएका हुन्। गत साता काठमाडौंमा सम्पन्न काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा नेपाल फाइनलमा भारतसँग ३–२ सेटले पराजित भएको थियो। 

नेपालको राष्ट्रिय खेलको मान्यता पाए पनि सरकारले भलिबल खेल र खेलाडीलाई उचित प्राथमिकता नदिएको गुनासो आउने गरेको छ। यस्तोमा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को गत शुक्रबार बसेको कार्यकारी समितिको बैठकले युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई नगद पुरस्कारका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार