"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महिला भलिबल टिमलाई सरकारले नगदसहित पुरस्कृत गर्ने

प्रकाशित मिति :  16 August, 2024 6:50 pm


काठमाडौं – काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिप २०२४ मा दोस्रो भएको नेपाली टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टोलीका १४ खेलाडीलाई जनही तीन लाख रुपैयाँ, प्रशिक्षकलाई दुई लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोलाई जनही एक लाख २० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत सरकारले गरेको निर्णय जानकारी गराएका हुन्। गत साता काठमाडौंमा सम्पन्न काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा नेपाल फाइनलमा भारतसँग ३–२ सेटले पराजित भएको थियो। 

नेपालको राष्ट्रिय खेलको मान्यता पाए पनि सरकारले भलिबल खेल र खेलाडीलाई उचित प्राथमिकता नदिएको गुनासो आउने गरेको छ। यस्तोमा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को गत शुक्रबार बसेको कार्यकारी समितिको बैठकले युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई नगद पुरस्कारका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको