"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकार रोजगारीसहितको दीगो विकासको पक्षमा छ : अर्थमन्त्री पौडेल

प्रकाशित मिति :  20 August, 2024 3:30 pm


काठमाडौँ – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरू थप समस्यामा परेको बताएका छन् ।

अरु विकासोन्मुख र अल्पविकसित मुलुकमा जस्तै नेपालमा पनि राजस्वको अधिकांश हिस्सा सार्वजनिक ऋण भुक्तानीमा लगाउनु पर्ने वाध्यता रहेको पौडेलले बताएका छन् । यसकारण सामाजिक सुरक्षा तथा विकास गतिविधिमा सरकारको लगानी संकुचित हुने अवस्था आएको पनि उनले बताए ।

संयुक्त राष्ट्र संघमा हुने ‘समिट फर फ्युचर कार्यक्रम’का लागि नेपालको साझा धारणा तयार पार्न मंगलबार भएको विकास लागि वित्तसम्बन्धी संवाद कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो आन्तरिक राजस्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको र सार्वजनिक ऋणको भार बढ्दै गएको कारणले विकासका लागि स्रोतको जोहो गर्नु चुनौतीपुर्ण बन्दै गएको बताएका हुन् । यसले दीगो विकासको लक्ष्य पूरा गर्ने संकल्पलाई टाढा धकेल्ने जोखिम बढेको अर्थमन्त्री पौडेलले बताए ।

‘जलवायू परिवर्तनको प्रभावबाट यी मुलुकहरु बढी प्रभावित बनेका छन । उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि, विकास सहायताको घट्दो प्रवृत्तिले विकासोन्मुख र अल्पविकसित देशहरु थप समस्यामा रहेका छन,’ उनले भने, ‘यस सन्दर्भमा समृद्धिको यात्रालाई निरन्तरता दिन विकास वित्तका नवीन तथा वैकल्पिक उपायहरुको उपयोग गर्नुपर्ने देखिएको छ । आन्तरिक स्रोतको अलावा निजी पुँजी तथा विकास सहायता लगायत सम्भाव्य सबै स्रोतको अधिकतम उपयोग गर्ने गरी विकास वित्तको खाका तय गर्नु पर्नेछ ।’

नेपालको सन्दर्भमा कुल गार्हस्थ उत्पादनका तुलनामा राजस्वको अनुपात तुलनात्मक रुपमा राम्रो देखिए पनि यसलाई दिगो बनाउनुपर्ने चुनौती रहेको अर्थमन्त्रीले बताए । ‘प्रत्यक्ष वैदेशिक लगानी र बाह्य क्षेत्रबाट हुने पुँजी प्रवाह तुलनात्मक रुपमा न्यून छ,’ उनी थप्छन, ‘सार्वजनिक ऋण सुरक्षित तहमा नै भएपनि आगामि दिनमा यसमा चुनौति थपिने देखिन्छ । उच्च व्यापार घाटा र न्यून आर्थिक वृद्धिदर लामो समय देखि संरचनात्मक समस्याका रुपमा अर्थतन्त्रमा विद्यमान छन ।’

नेपाल जलवायु परिवर्तनको प्रभावबाट प्रत्यक्ष रुपमा प्रभावित भएको छ । हामीले कार्वन उत्सर्जनमा नगन्य योगदान रहे पनि हामीलाई गैर अनुपातिक असर परेको हुँदा अनुकुलनमा निकै ठूलो रकम छुट्याउनु पर्ने अवस्था रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने