"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकार संघीय प्रहरी कानुन संशोधनको तयारीमा छ : गृहमन्त्री लेखक

प्रकाशित मिति :  22 August, 2024 11:12 am


जनकपुरधाम – गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजनसहितका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशोधन हुने गरी नयाँ कानुन नै बनाउन लागिएको बताए।

सिरहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरूमा सहभागिताका लागि आएका गृहमन्त्री लेखकले जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नयाँ प्रहरी कानुन बनाउन मन्त्रालयबाट निर्णय गरि अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमतिपछि संसद्मा पेस हुने बताए।

प्रहरी सम्बन्धी संघीय ऐनमा संशोधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठनका काम धमाधम हुने उनको दाबी छ। वर्तमान सरकार डेलिभरी गर्नकै लागि बनेकाले त्यसमा कुनै कम्प्रोमाइज नहुने र मुलुकमा शान्ति सुव्यवस्था र विधिको शासन कायम हुने उनको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्