"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आहाँ ! मनै लोभ्याउँने सुन्दर ताल

प्रकाशित मिति :  23 August, 2024 10:36 am


काठमाडौँ- नेपालमा तालतलैया प्रशस्त छन्। सुन्दर ताल, दहले जोसुकैको मन लोभ्याउँछ। कतिपय ताल, दहको संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा परेका छन्। प्रकृतिको सुन्दर उपहार यस्ता ताल मासेर घरघडेरी र खेतीपाती गर्ने प्रचलन पनि बढ्दै गएकाे छ। जसको संरक्षणकर्मीले विरोध गर्दै आएका छन्। तालतलैया, दहले नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्‍याएको छ। कतिपय तालतलैया धर्मसँग पनि जोडिएको पाइन्छ।

तस्बिरहरू

रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–३ र ५ मा फैलिएको स्यार्पुताल। यो ताल वर्षा लागेसँ‍गै पानीले भरिने गर्छ। तस्बिर : रासस

हिमालचुली हिमालको फेदमा रहेको समुन्द्र सतहदेखि चार हजार आठ सयमिटर उचाइमा रहेको लमजुङ दोर्दी गाउँपालिका-७ स्थित पर्यटकीय मेमेपोखरी। यहाँ पुग्दा मनोकामना पूरा हुने जनविश्वास छ। तस्बिर : रासस
रुकुमपूर्वको सिस्ने गाउँपालिका-५ स्थित रुकुमकोटमा अवस्थित कमल दह। तस्बिर : रासस
रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ स्थित लादने दह। मोटो आन्द्राजस्तो स्वरुपमा रहेको यस दह चार हजार ४५० मिटरको उचाइमा रहेको छ। तस्बिर : रासस
समुद्री सतहबाट चार हजार ६०० मिटरको उचाइमा अवस्थित सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१ मा अवस्थित दुधकुण्ड। तस्बिर : रासस
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित धार्मिकस्थल दामोदरकुण्ड। तस्बिर : रासस
रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-३ मा रहेको राक्से दह। यो दह चार हजार सात सय मिटरको उचाइमा अवस्थित छ। पछिल्लो समय दहको पानी सुक्दै जाँदा दहको सतह पनि घट्दै जान थालेको छ। तस्बिर : रासस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको पेरीभरानी ताल। पर्यटकीयस्थल घोडेपानीको सहायक गन्तव्य पेरीभारानी तालमा पूजाअर्चना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ। तस्बिर : रासस
रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-३ स्थित चार हजार चार सय ३५ मिटरको उचाइमा रहेको सुनदह। यो ताल जिल्लाको सबैभन्दा ठूलो ताल भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। तस्बिर : रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै

चितवन – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत्

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय, रुपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चालाई घुसरकमसहित नियन्त्रणमा लिएको छ।

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले