"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानाध्यापकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  19 November, 2025 6:27 pm


काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसादविरुद्ध मुद्दा दायर भएको हो ।

करारमा शिक्षक नियुक्ति गरिदिने भन्दै सेवाग्राहीसँग ४ लाख ५० हजार रुपैयाँ घुस लिएको पाइएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । अरविन्दप्रकाश साह कानुसँगको मिलोमतोमा प्रअ सञ्जयले मावि तहको विज्ञान विषयको करार शिक्षक नियुक्तिमा प्रश्नपत्र उपलब्ध गराएर नियुक्ति दिलाइदिने प्रलोभन देखाएर घुस लिएको आयोगको आरोप छ ।

दुवै जनामाथि सोही रकम बराबर बिगो दाबी सहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोजकुमार झाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा

काठमाडौँ – चम्पादेवी गाउँपालिका, ओखलढुङ्गाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदीसहित दुई जनाविरुद्ध १८ लाख ५० हजार रुपियाँको भ्रष्टाचार