"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानाध्यापकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  19 November, 2025 6:27 pm


काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसादविरुद्ध मुद्दा दायर भएको हो ।

करारमा शिक्षक नियुक्ति गरिदिने भन्दै सेवाग्राहीसँग ४ लाख ५० हजार रुपैयाँ घुस लिएको पाइएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । अरविन्दप्रकाश साह कानुसँगको मिलोमतोमा प्रअ सञ्जयले मावि तहको विज्ञान विषयको करार शिक्षक नियुक्तिमा प्रश्नपत्र उपलब्ध गराएर नियुक्ति दिलाइदिने प्रलोभन देखाएर घुस लिएको आयोगको आरोप छ ।

दुवै जनामाथि सोही रकम बराबर बिगो दाबी सहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज