"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

झुटो पीएचडी विवरण बारेमा ४ अध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  26 November, 2025 8:50 pm


काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका चार जना अध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सहपरीक्षा नियन्त्रक छनौट समितिमा रहेका तीन प्राध्यापक र झुटो विद्यावारिधिको दावी पेश गर्ने सहप्राध्यापक विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो । छनौट समितिमा रहनेमा संयोजक प्राध्यापक डाक्टर जया लक्ष्मी प्रधान र सदस्यहरु प्राध्यापक डाक्टर मोतिलाल शर्मा र प्राध्यापक डाक्टर मेधराज पोखरेल छन् ।

झुटो विवरण पेश गरेको आरोपमा त्रिभुवन विश्वविद्यालयका सहक परीक्षा नियन्त्रक बनेका डिल्लीराम प्रसाईं छन् । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारको कार्यालयले एक वर्षअघि परीक्षा नियन्त्रण कार्यालय, पूर्वाञ्चल, विराटनगरका लागि सह–परीक्षा नियन्त्रक पदको विज्ञापन निकालेको थियो ।

त्यसक्रममा छ जनाको आवेदन परेको थियो । प्रतिस्पर्धीहरूमध्ये एकजना छनौट गर्न त्रिभुवन विश्वविद्यालयले प्रधानको संयोजकत्वमा शर्मा र पोख्रेल रहेको तीन सदस्यीय छनौट समिति गठन गरेको थियो । प्रतिस्पर्धीमध्ये एक डिल्लीराम प्रसाईंले आफूले विद्यावारिधि गरेको भनी नामका अगाडी डा. लेखेका थिए । र पीएचडी गरेकाले विज्ञको रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी भएको भनी प्रमाणपत्रहरू पेश गरेका थिए ।

उनले २७ भदौमा विद्यावारिधिको अन्तिम मौखिक परीक्षा सम्पन्न गरेको अभिलेखबाट देखिन्छ । तर उनले उपाधी नपाउँदै पीएचडी गरेको भनी कागजात तयार पारे । विद्यावारिधि गरेका प्रतिस्पर्धीले अरूको तुलनामा थप ८ अंक पाउँथे ।

तर ५ पुसमा डीन कुशुम शाक्यको अध्यक्षतामा बसेको अनुसन्धान समितिको बैठकमा उनले शोधपत्र पेश गरेपनि अन्तिम रूपमा स्वीकृत नभएको निर्णय गरेको थियो । उनले २९ माघमा मात्रै विद्यावारिधिको उपाधि पाएको खुलेको छ ।

आफूले पदको लाभ लिनका लागि नपाएको ओहोदा पाएको दाबी गरेको र झुटो विवरण पेश गरेको भन्दै अख्तियारले प्रसाईंविरुद्ध मुद्दा दायर गरेको हो । उनी बाहेक छनौट समितिमा रहेका तीन जनामाथि पेश भएको झुटो विवरण स्वीकार गरेको आरोप छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज