"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

झुटो पीएचडी विवरण बारेमा ४ अध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  26 November, 2025 8:50 pm


काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका चार जना अध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सहपरीक्षा नियन्त्रक छनौट समितिमा रहेका तीन प्राध्यापक र झुटो विद्यावारिधिको दावी पेश गर्ने सहप्राध्यापक विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो । छनौट समितिमा रहनेमा संयोजक प्राध्यापक डाक्टर जया लक्ष्मी प्रधान र सदस्यहरु प्राध्यापक डाक्टर मोतिलाल शर्मा र प्राध्यापक डाक्टर मेधराज पोखरेल छन् ।

झुटो विवरण पेश गरेको आरोपमा त्रिभुवन विश्वविद्यालयका सहक परीक्षा नियन्त्रक बनेका डिल्लीराम प्रसाईं छन् । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारको कार्यालयले एक वर्षअघि परीक्षा नियन्त्रण कार्यालय, पूर्वाञ्चल, विराटनगरका लागि सह–परीक्षा नियन्त्रक पदको विज्ञापन निकालेको थियो ।

त्यसक्रममा छ जनाको आवेदन परेको थियो । प्रतिस्पर्धीहरूमध्ये एकजना छनौट गर्न त्रिभुवन विश्वविद्यालयले प्रधानको संयोजकत्वमा शर्मा र पोख्रेल रहेको तीन सदस्यीय छनौट समिति गठन गरेको थियो । प्रतिस्पर्धीमध्ये एक डिल्लीराम प्रसाईंले आफूले विद्यावारिधि गरेको भनी नामका अगाडी डा. लेखेका थिए । र पीएचडी गरेकाले विज्ञको रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी भएको भनी प्रमाणपत्रहरू पेश गरेका थिए ।

उनले २७ भदौमा विद्यावारिधिको अन्तिम मौखिक परीक्षा सम्पन्न गरेको अभिलेखबाट देखिन्छ । तर उनले उपाधी नपाउँदै पीएचडी गरेको भनी कागजात तयार पारे । विद्यावारिधि गरेका प्रतिस्पर्धीले अरूको तुलनामा थप ८ अंक पाउँथे ।

तर ५ पुसमा डीन कुशुम शाक्यको अध्यक्षतामा बसेको अनुसन्धान समितिको बैठकमा उनले शोधपत्र पेश गरेपनि अन्तिम रूपमा स्वीकृत नभएको निर्णय गरेको थियो । उनले २९ माघमा मात्रै विद्यावारिधिको उपाधि पाएको खुलेको छ ।

आफूले पदको लाभ लिनका लागि नपाएको ओहोदा पाएको दाबी गरेको र झुटो विवरण पेश गरेको भन्दै अख्तियारले प्रसाईंविरुद्ध मुद्दा दायर गरेको हो । उनी बाहेक छनौट समितिमा रहेका तीन जनामाथि पेश भएको झुटो विवरण स्वीकार गरेको आरोप छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौँ-  २०८२ को एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रणका अनुसार ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो। गत वर्ष