"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रविलाई मुकुलको जवाफ : तपाईंलाई ठगी प्रमाणित गर्न सक्छु

प्रकाशित मिति :  23 August, 2024 11:42 am


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेले सहकारीमा ठगी गरेको र राहदानी दुरुपयोग गरेको आफूले प्रमाणित गर्न सक्ने दाबी गरेका छन्। पुनः सोधिएको स्पष्टीकरणको जवाफ दिँदै ढकालले यस्तो दाबी गरेका हुन्।

स्पष्टीकरणपत्रमा उनले लेखेका छन्,‘तपाईं रवि लामिछानेले सहकारी ठगीमा गर्नु भएको छ,तपाईंले मन्त्री हुँदा भ्रष्टाचार गर्नु भएको छ र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु।’

ढकालले सहकारी र राहदानी मुद्दामा सभापति लामिछाने जेल जानसक्ने उल्लेख गरेका छन्। अपराधी नभएको प्रमाणित गर्नुको सट्टा सभापति लामिछानेले दुराशयका साथ आफूमाथि कारबाहीको प्रयास गरेको उनको भनाइ छ।

‘सहकारी मुद्दामा ६/८ वर्ष वा त्योभन्दा बढी जेल जानसक्नु हुन्छ, भ्रष्टाचार मुद्दामा पनि जेल जानसक्नु हुन्छ, राहदानी दुरुपयोगमा तपाईं कहिले निर्वाचनमा भाग लिन पाउनु हुन्न। यी सँगै धेरै ठाउँमा किर्ते, ठगीमा संलग्न हुनुहुन्छ,’ ढकालले भनेका छन्,‘आफू ठगी, भ्रष्टाचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा तपाईं दुराशयका साथ ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ।’

लामिछानेले वाककलाको आधारमा जनतालाई भ्रमित पार्दै प्रश्न गर्नेलाई कारबाहीको डन्डा चलाइरहेको ढकालले आरोप लगाएका छन्। उनले पार्टीलाई स्वार्थको झुन्डबाट बचाउन आफूले चालेको कदमलाई पार्टी हितविपरित भन्नु सरासर गलत भएको उल्लेख गरेका छन्।

‘पार्टीलाई स्वार्थको झुन्डबाट बचाउन मैले केही कदमहरू चालेकै हो, त्यो कदमलाई तपाईंले पार्टीको हितविपरित भन्नु सरासर गलत हो। किनकि मैले उल्लेख गरेका सबै कुरा म प्रमाणित गर्न सक्छु,’ ढकालले भनेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद