"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रचण्ड भन्छन् – कुलमानलाई हैन केपी ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ

प्रकाशित मिति :  27 August, 2024 3:17 pm


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लेखा समिति प्रतिपक्ष दललाई नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

 ‘मेरो च्यालेन्ज भयो लेखा समितिमात्रै होइन प्रमुख प्रतिपक्ष दलको नेता पनि आफैँ राखे हुन्छ। हामी हिम्मत र हौसला राख्छौँ ‘ उनले भने।  उनले लेखा समिति र सत्ता पक्षको डर आफूले बुझेको बताउँदै भने, ‘प्रतिपक्ष सानो छ तर इमानमा कति सक्षम छ भन्ने पछिल्ला ४० दिनले देखाइसकेका छन् ।’

त्यस्तै उनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नभई प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रष्टीकरण सोध्नुपर्ने बताए।

‘प्राधिकरणको रक्षा तपाईंको जिम्मेवारी हो कि होइन ? माफियाको पक्षमा लाग्दा संकोच लाग्दैन ?,’ उनले भने, ‘यसमा प्राधिकरणको नेतृत्वलाई होइन प्रधानमन्त्रीलाई नै स्पष्टीकरण सोध्न चाहन्छु। यही हो दुई तिहाइको नियत र नियती ?’

कतैबाट नभएर प्रधानमन्त्रीले फेसबुकबाट प्रचार थालेको बताए। ‘कतैबाट नभएपछि प्रधानमन्त्री फेसबुकबाट प्रकट हुनुभएको छ,’ उनले भने, ‘२२ अर्बको कुरा नोट गरियोस्। प्रधानमन्त्रीको नियत सही छ भने क्याबिनेटबाट पास होस् २२ अर्बको प्रस्ताव।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद