"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रचण्डलाई गगनको चेतावनी – ‘आफूले लगाएको आगोले आफैंलाई जलाउनसक्छ’

प्रकाशित मिति :  29 August, 2024 3:29 pm


काठमाडौँ – कांग्रेस महामन्त्री गगन थापाले नेपाललाई बंगलादेश बनाइदिने भन्दै प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै  जिम्मेवार भएर विपक्षीको भूमिका निर्वाह गर्न चेतावनी दिएका छन् । उनले प्रमुख विपक्षी दल भनेको सरकारको मात्र विपक्षी हुने मुलुक र राज्यप्रणालीको विपक्षी नहुने उल्लेख गरे । 

‘अपोजिसनमा बसेको यत्रो वर्ष शासन चलाएको नेता, फेरि कुनैपनि बेला जिम्मेवारी लिनुपर्ने पनि होला’ उनले माओवादी अध्यक्ष दाहाललाई भने,’एकछिनको लाभको लागि आफ्नो दलका साथीहरूलाई क्षणिक कुरामा खेल्नका लागि सजिलो होला तर आफूले लगाएको आगोले आफैंलाई जलाउनसक्छ ।’

उनले उत्तेजनाको राजनीतिक बिक्छ भनेर जे पनि बोल्ने प्रबृति बढेको र त्यसका बाछिटाहरू संसद्‌मा पनि देखिन थालेको बताए ।

भिडियो हेर्नुहोस् :



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद