"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचार विधेयकमा पाँचवर्षे हदम्यादको प्रस्ताव हट्यो

प्रकाशित मिति :  30 August, 2024 2:18 pm


काठमाडौँ – भ्रष्टाचार निवारण विधेयक, २०५९ मा प्रस्तावित भ्रष्टाचारमा पाँचवर्षे हदम्यादको व्यवस्था हटाउने विषय राज्य व्यवस्था तथा सुशासन समितिले टुंग्याएको छ। शुक्रबार बसेको समितिको बैठकले हदम्यादको प्रस्ताव हटाउने विषयमा सर्वसम्मत निर्णय गरेको हो। 

समितिको छलफलमा बोल्दै गृहमन्त्री रमेश लेखकले पाँचवर्षे हदम्याद हटाउन सरकार तयार रहेको बताएका थिए। सरकारका तर्फबाट सरकारले नै गरेको प्रस्ताव फिर्ता लिन तयार रहेको बताएपछि सांसदहरूले धन्यवाद दिएका थिए। 

विधेयकमा रहेको पाँचवर्षे हदम्यादको विषय पेचिलो थियो। समिति सभापति रामहरि खतिवडाले भने, ‘भ्रष्टाचार निवारण विधेयकको दफा १६ मा रहेको भ्रष्टाचारमा पाँचवर्षे हदम्याद हटाउने विषय सर्वसम्मतले पारित भएको घोषणा गर्दछु।’ अबको छलफल यसबाहेकका विषयमा केन्द्रित हुने सभापतिले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद