"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गण्डकीमा किन फुटाइयो मन्त्रालय ?

प्रकाशित मिति :  1 September, 2024 7:41 pm


पोखरा – भागबन्डा मिलाउन गण्डकी प्रदेश सरकारले मन्त्रालय संख्या ७ बाट ९ पुर्‍याएको छ । आइतबार मन्त्रिपरिषद्को बैठकले दुई वटा मन्त्रालय फुटाउने निर्णय गरेको हो । सामाजिक विकास तथा स्वास्थ्य र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाइएको हो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेलाई सरकारमा ल्याउन मन्त्रालय बढाइएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ५ र एमालेले ४ मन्त्रालय पाउने छ ।

हाल भौतिक पूर्वाधारमन्त्री रहेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र उर्जा तथा खानेपानीमन्त्री रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का फणीन्द्र देवकोटा कांग्रेसको ५ भित्रै पर्ने छन् । एमालेले कुन–कुन मन्त्रालय पाउने भन्ने टुंगो नलागिसकेको मुख्यमन्त्री पाण्डेले बताए ।

कांग्रेस र एमालेको दलीय सहमतिकै आधारमा मन्त्रालयको संख्या बढाइएको उनको भनाइ थियो । ‘अहिले फुटाइएको मन्त्रालय एउटै भए पनि संगठन संरचना दुईवटा थिए, कार्यालय दुईवटा थिए, सचिवहरु दुईवटा थिए,’ उनले भने, ‘गण्डकीमा मन्त्रालय थपघट भइरहेको छ । अहिलेको परिस्थितिमा औचित्य र आवश्यकता हेरेर ९ वटा मन्त्रालय बनाइएको हो । यसले संगठन संरचनामा खासै केही पनि फरक आउँदैन । केबल दुईजना मन्त्री मात्रै थपिने अवस्था रहन्छ ।’ उनले एक–दुई दिनमै एमाले सरकारमा आउने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद