"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महासमितिमा प्रस्तुत प्रतिवेदन कांग्रेस केन्द्रीय समितिबाट पारित

प्रकाशित मिति :  2 September, 2024 12:56 pm


काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गत फागुनमा महासमितिमा पेस भएका तीन वटै प्रस्ताव पारित गर्ने निर्णय गरेको छ। उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीति प्रस्ताव परिमार्जनसहित आइतबारको केन्द्रीय समिति बैठकबाट पारित भएको हो।

गत फागुन १०  गते सकिएको महासमिति बैठकले महासमिति सदस्यहरूका सुझावसहित तीनवटै प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदनको निर्णय गरेको थियो। उक्त निर्णय भएको पाँच महिनापछि प्रस्तावहरू कांग्रेसले पारित गरेको हो। प्रवक्ता प्रकाशशरण महतले उपसभापति, महामन्त्रीद्वयले महासमितिमा राखेका प्रस्ताव केन्द्रीय समितिले परिमार्जनसहित पारित गरेको जानकारी दिए।

कांग्रेसको संगठन सुदृढीकरणका लागि अभियान सञ्चालन गर्ने केन्द्रीय समितिले निर्णय गरेको उनको भनाइ छ। क्रियाशील सदस्यता वितरण र नवीकरण अघि बढाउने निर्णय पनि भएको प्रवक्ता महतको भनाइ छ।

‘पार्टी संगठनलाई बलियो बनाएर एक्लै जित्न सक्ने परिस्थिति बनाउने गरी निर्णय गरिएको छ,’ प्रवक्ता महतले भने, ‘विधानअनुसार १५ औं महाधिवेशन समयमै गर्ने गरी अघि बढ्ने भन्ने कुरा भएको छ।’

उनकाअनुसार महामन्त्री शर्माले पेस गरेको प्रस्तावको व्यक्ति बहिर्गमन व्यवस्थाबारे छलफल गर्दै जाने कुरा भएको छ। ‘एक्जिट पोलिसीबारे अहिले नै निर्णय गरेर जानुपर्ने अवस्था केन्द्रीय समितिले देखेन,’ उनले भने, ‘यसबारे विधान र संविधान संशोधनका बेला बहस हुनेछ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद