"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संगठन सुदृढीकरणमा सय दिने अभियान चलाउँदै कांग्रेस

प्रकाशित मिति :  3 September, 2024 11:54 am


काठमाडौँ – नेपाली कांग्रेसले एक सय दिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीका सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान  सञ्चालन गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

आगामी असोज १ गतेदेखि पुस १० गतेसम्म १०० दिन यो अभियान सञ्चालन हुनेछ। महामन्त्री गगन थापाका अनुसार सांगठनिक गतिविधि प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन तथा विधानअनुसार मातहत कार्यसमितिले गर्नुपर्ने बैठक, सम्मेलन र अभिमुखीकरण समयै गराउन यो अभियानले सहयोग पनि गर्नेछ।

पार्टी समिति र पार्टीबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिसँगको समन्वय र सहजीकरण संयन्त्रलाई नियमित तथा व्यवस्थित गर्ने लगायतका कार्य पनि यस अभियानका क्रममा हुनेछन्। कांग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणका लागि सबै जिल्लामा यसअघि नै फारम पठाइसकेको छ।

उपसभापति पूर्णबहादुर खड्काका अनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणका काम तीव्र रूपमा हुन सकेको छैन। अहिलेसम्म करिब २० प्रतिशत मात्रै काम भएको उनले गत आइतबारको केन्द्रीय समितिमा बताएका थिए।

केन्द्रीय सदस्यहरूले आफ्नो निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका अवस्थाबारे जानकारी लिइराख्नुपर्ने उनको भनाइ छ। क्रियाशील सदस्यता टुंगो लागेपछि मात्रै १५ औं महाधिवेशन प्रक्रिया सुरू हुने भएकोले यसलाई तीव्रताका साथ अघि बढाउनुपर्ने उनले बताएका छन्।

कांग्रेसले केन्द्रीय सदस्यहरूलाई जिल्ला-जिल्ला तोकेर संगठन सुदृढीकरण अभियानमा खटाउने तयारी गरेको हो। कांग्रेसले आगामी आमचुनावहरू आफ्नै तागतमा एक्लै लड्ने नीतिसमेत केन्द्रीय समितिबाट अनुमोदन गरेको छ। त्यसका लागि बलियो संगठन बनाउनुपर्ने कांग्रेस नेताहरूको भनाइ छ। २०७८ मा १४ औं महाधिवेशन गर्दा कांग्रेसमा ८ लाख ४६ हजार सात सय २९ जना क्रियाशील सदस्य थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद