"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सञ्चारमन्त्री गुरूङको ‘अमर्यादित अभिव्यक्ति’ बारे कांग्रेस सांसद खतिवडाले मागे जबाफ

प्रकाशित मिति :  3 September, 2024 4:03 pm


काठमाडौँ – सत्तारूढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले दिएको अभिव्यक्तिमा जबाफ मागेका छन्। सरकार प्रवक्तासमेत रहेका गुरूङले गत शनिबार पोखरामा भएको पत्रकार सम्मेलनमा ‘आइजिपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएपछि त्यसयता यो विषयलाई लिएर विरोध भइरहेको छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेस सांसद खतिवडाले सञ्चार मन्त्रीको अभिव्यक्तिमा जबाफ मागेका हुन्। ‘सञ्चारमन्त्रीले केही दिन पहिला नेपाल प्रहरीका आइजिपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ। यो अभिव्यक्ति आपत्तिजनक छ, मन्त्रीहरूलाई आग्रह छ- जिब्रोमा ब्रेक लगाइयोस्,’ उनले भने, ‘यसको जबाफ संसदमा दिइयोस्।’

यसअघि कांग्रेसका सांसद शंकर भण्डारीले पनि विज्ञप्ति निकालेर सञ्चार मन्त्री गुरूङलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका थिए। यस विषयमा आफूसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सोधपुछ गरेको र उक्त अभिव्यक्ति पत्रकारको प्रश्नमा जबाफ दिने क्रममा दिइएको मन्त्री गुरूङले बताएका थिए। प्रधानमन्त्री ओलीले सञ्चार मन्त्री गुरूङलाई सचेतसमेत गराएका छन्।

साथै खतिवडाले गण्डकी प्रदेशका सांसद राजिव गुरूङ (दीपक मनाङे) को अभिव्यक्तिबारे पनि सरकारसँग जबाफ मागेका छन्। मन्त्री मनाङेले सोमबार मन्त्री पद बिक्री गर्न लागेको अभिव्यक्ति दिएका थिए।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक मन्त्रालय सम्हाल्दै आएका गुरूङलाई मन्त्रिपरिषद पुनर्गठनका बेला वन मन्त्रालयको जिम्मेवारी दिएका थिए। त्यसमा असन्तुष्टि जनाउँदै गुरूङले पदबाट राजीनामा दिँदै उक्त अभिव्यक्ति दिएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद