"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्मला हत्या घटनाको थप सूक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

प्रकाशित मिति :  5 September, 2024 11:11 am


कञ्चनपुर – गृहमन्त्री रमेश लेखकले बलात्कारपछि हत्या गरिएका बालिका निर्मला पन्त घटनाको अनुसन्धान थप सूक्ष्म ढंगले गरिने बताएका छन् । उनले निर्मला घटना देशकै लागि चासो र चिन्ताको विषय भएकाले अनुसन्धान निरन्तर भइरहने बताए । 

‘अनुसन्धान यहाँ पुग्यो, त्यहाँ पुग्यो भनेर म भन्दिनँ,’ बिहीबार नेपाल प्रेस युनियनले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले भने, ‘यसलाई थप गम्भीरता र थप सूक्ष्म ढंगले अनुसन्धान अगाडि बढ्छ ।’ मन्त्री लेखक आफै पनि निर्मला घटनापछि भएको आन्दोलनमा सहभागी भएका थिए ।

निर्मला हत्या घटनापछि भएको आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्चलगायत अन्य सहयोग पनि उपलब्ध गराइने मन्त्री लेखकले बताए । गृह मन्त्रालयले उनीहरुलाई उपचार खर्च दिने भनेपछि पछिल्लो समय रोकिएको छ । उपचार खर्च तत्काल उपलब्ध गराइने उनले बताए ।

मन्त्री लेखकले नेपाली कांग्रेस र एमालेबीच बनेको समिकरण २०८४ सम्मै जाने बताए । ‘सात बुँदे सहमतिअनुसार सरकार फेरिन्छ, तर समिकरण यही रहन्छ,’ उनले भने, ‘जसरी सम्झौता भएको छ, त्यहीअनुसार समीकरण अगाडि बढ्छ ।’

उनले कांग्रेस र एमाले मिलेरमात्रै संविधान संशोधन नहुने पनि बताए । यसका लागि सबै मुख्य दलहरुलाई सहमतिमा ल्याइने बताए । ‘जसरी मुख्य दलहरु मिलेर संविधान निर्माण भएको थियो, त्यसैगरी सबै मिलेर संशोधन पनि गरिन्छ,’ उनले भने, ‘वार्ता, संवाद र सहमतिबाटै संशोधन गरिन्छ, यसमा कसैले झस्किनुपर्दैन ।’

मन्त्री लेखक महेन्द्रनगरमा निर्माण भएको प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनको उद्घाटनसँगै असार अन्तिम साता आएको बाढीले जिल्लाका विभिन्न स्थानमा भएको क्षतिबारे जानकारी लिए गृहजिल्ला पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी