"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्मला हत्या घटनाको थप सूक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

प्रकाशित मिति :  5 September, 2024 11:11 am


कञ्चनपुर – गृहमन्त्री रमेश लेखकले बलात्कारपछि हत्या गरिएका बालिका निर्मला पन्त घटनाको अनुसन्धान थप सूक्ष्म ढंगले गरिने बताएका छन् । उनले निर्मला घटना देशकै लागि चासो र चिन्ताको विषय भएकाले अनुसन्धान निरन्तर भइरहने बताए । 

‘अनुसन्धान यहाँ पुग्यो, त्यहाँ पुग्यो भनेर म भन्दिनँ,’ बिहीबार नेपाल प्रेस युनियनले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले भने, ‘यसलाई थप गम्भीरता र थप सूक्ष्म ढंगले अनुसन्धान अगाडि बढ्छ ।’ मन्त्री लेखक आफै पनि निर्मला घटनापछि भएको आन्दोलनमा सहभागी भएका थिए ।

निर्मला हत्या घटनापछि भएको आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्चलगायत अन्य सहयोग पनि उपलब्ध गराइने मन्त्री लेखकले बताए । गृह मन्त्रालयले उनीहरुलाई उपचार खर्च दिने भनेपछि पछिल्लो समय रोकिएको छ । उपचार खर्च तत्काल उपलब्ध गराइने उनले बताए ।

मन्त्री लेखकले नेपाली कांग्रेस र एमालेबीच बनेको समिकरण २०८४ सम्मै जाने बताए । ‘सात बुँदे सहमतिअनुसार सरकार फेरिन्छ, तर समिकरण यही रहन्छ,’ उनले भने, ‘जसरी सम्झौता भएको छ, त्यहीअनुसार समीकरण अगाडि बढ्छ ।’

उनले कांग्रेस र एमाले मिलेरमात्रै संविधान संशोधन नहुने पनि बताए । यसका लागि सबै मुख्य दलहरुलाई सहमतिमा ल्याइने बताए । ‘जसरी मुख्य दलहरु मिलेर संविधान निर्माण भएको थियो, त्यसैगरी सबै मिलेर संशोधन पनि गरिन्छ,’ उनले भने, ‘वार्ता, संवाद र सहमतिबाटै संशोधन गरिन्छ, यसमा कसैले झस्किनुपर्दैन ।’

मन्त्री लेखक महेन्द्रनगरमा निर्माण भएको प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनको उद्घाटनसँगै असार अन्तिम साता आएको बाढीले जिल्लाका विभिन्न स्थानमा भएको क्षतिबारे जानकारी लिए गृहजिल्ला पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा