"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माओवादीद्धारा प्रतिनिधिसभामा अवरोध जारी राख्ने निर्णय

प्रकाशित मिति :  13 September, 2024 7:00 pm


काठमाडौँ – माओवादी केन्द्रले आइतबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ । सभामुख देवराज घिमिरेले भदौ १२ को प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको  ‘माओवादीको सशस्त्र हिंसा’ भन्ने शब्द असंसदीय नभएको रुलिङ गरेको विषयलाई लिएर बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो ।

माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले ‘माओवादी जनयुद्ध’ लाई अपमान गर्न खोजिएको उल्लेख गर्दै सभामुखले बुधबार ‘हिंसा’ भन्ने शब्द असंसदीय नभएको भन्ने रुलिङ गरेकोमा त्यो नसच्याएसम्म बैठक चल्न नदिने निर्णय गरेको हो ।

‘जनयुद्ध, गणतन्त्र, संघीयता, संविधानलाई अपमान गर्ने काम भएको छ । सविधानका व्याख्यात्मक टिप्पणीमा जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनबारे स्पष्ट व्याख्या गरिएको छ,’ माओवादी मुख्य सचेतक हितराज पाण्डले भने, ‘हिंसा भन्ने शब्द उल्लेख गरेर जनयुद्धलाई अपमान गर्ने काम भएको छ । संविधानको मर्म विपरीत व्याख्या गएिको छ । संसद्को अवरोधलाई अझ सशस्त्र बनाउने निर्णय भएको छ । यसमा सहमति नभइकन संसद् अघि बढ्न सक्दैन ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद