"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘हिंसा’ संसदीय कि असंसदीय भन्ने विवादले संसद प्रभावित

प्रकाशित मिति :  15 September, 2024 4:13 pm


काठमाडौं । आइतबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक दलहरुबीच सहमति हुन नसक्दा प्रभावित भएको छ । माओवादी केन्द्रले एमाले सांसद योगेश भट्टराईले बोलेको ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट हटाउन माग गर्दै संसद अवरोध गरेपछि आइतबार सभामुखले दलहरुको छलफल राखेका थिए ।

छलफलपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पार्टीमा छलफल गर्न एक घण्टा समय माग गरेका कारण बैठक ढिलाइ भएको हो । ‘माओवादी हिंसा’ शब्द संसदीय कि असंसदीय भन्ने विवादले यही भदौ २६ गतेको प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको थियो ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सशस्त्र युद्धलाई अपमानित गर्ने गरी सत्तारुढ दल नेकपा एमालेका सांसद योगेश भट्टराईले ‘माओवादी हिंसा’ शब्द प्रयोग गरेको बताउँदै आएको छ । भदौ १२ गतेको बैठकमा एमाले सचिव भट्टराईले यस्तो शब्द प्रयोग गरेका थिए । लगत्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले निममापत्ति गरेका थिए । ‘हिंसा’ शब्द हटाउनुपर्ने उनको माग थियो ।

त्यसपछि सभामुख देवराज घिमिरेले नियमापत्तिका सन्दर्भमा अधययन गर्न संसद सचिवालयलाई भनेका थिए । त्यसअनुसार सभामुख घिमिरेले भदौ २६ गते एमाले सचिव भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नरहेको र संसदको रेकर्डबाट हटाउनु नपर्ने निर्णय सुनाए । त्यसपछि प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले सभामुखको निर्णयमै प्रश्न उठाएको छ । राजनीतिक आन्दोलनलाई हिंसाको संज्ञा दिने प्रयास भएको भनेर माओवादी केन्द्रको संसदीय दलको बैठकले फिर्ता नभएसम्म संसद चल्न नदिने निर्णय नै गरेको छ ।

यस सम्बन्धमा आइतबार बिहान सभामुख घिमिरेले राष्ट्रिय दलको मान्यताप्राप्त दलका सचेतक र प्रमुख सचेतकहरूलाई बोलाएका थिए । उक्त बैठक बिना निष्कर्ष सकिएको छ । छलफलमा सभामुख घिमिरेले आफूले संसद सचिवालयको अध्ययनसहितको राय, संविधान, कानुन, अभ्यास समेतका आधारमा निर्णय लिएको बताएका थिए । सभामुखको रुलिङ मानेर संसदमा अवरोध नगर्न आग्रह गरेका थिए ।

तर, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदीय दलको निर्णयबाट पछाडि हट्न नसकिने बताए । संसदीय दलले ‘माओवादी हिंसा’ असंसदीय शब्द रहेको र यसअनुसार नै सभामुखले निर्णय लिनुपर्ने अडान राखे । दुवै पक्षको यस किसिमको अडानले छलफल बिना निष्कर्ष टुंगिएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको