"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाललाई चीनले बुझ्न नसकेको देखियो : महामन्त्री थापा

प्रकाशित मिति :  15 September, 2024 7:02 pm


काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीन सरकारले नेपाली राजनीतिक दलप्रतिको आफ्नो नीति स्पष्ट बनाउन नसकेको बताएका छन् । 

आइतबार काठमाडौंमा सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन कार्यक्रममा सम्बोधन गर्दै मन्त्रीमन्त्री थापाले यस्तो बताएका हुन् । उनले चीन सरकारले एकातिर सबै नेपालका दलहरु चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्ने र अर्कोतिर वामपन्थीहरु मिल्नुपर्छ भन्दै हिँड्ने गरेको बताए ।

प्रतिनिधिसभा सदस्य समेत रहेका महामन्त्री थापाले आफूले कांग्रेसको कार्यकर्ता भएर हेर्दा चीनको सो नीति बुझ्न नसकेको बताए । उनले नेपाललाई चीनले बुझ्न नसकेको र नेपालले पनि चीनलाई बुझ्न नसकेको कुरा शर्माको पुस्तक पढेपछि स्पष्ट हुने बताए ।

उनले भने, ‘म नेपाली कांग्रेसको कार्यकर्ता, चीनको सरकारले आएर के भन्छ भने सबै नेपालका दलहरु चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्छ । त्यही चीनको सरकारको मान्छे फेरि एकछिन पछि दुई वटा वामपन्थी पार्टी मिल्नुपर्छ भन्छ । मैले यता हेरे सरकार देख्छु, उता हेरे पार्टी देख्छु, अलमलमा पर्ने भएँ । त्यसैले मैले चीनलाई कसरी बुझ्छु होला ? चीनले मलाई बुझेको जस्तै । यो सन्दर्भ उठाउनुभएको कुरा नेपाली कांग्रेसको कार्यकर्ता भएर हेर्दै गर्दा ठिकै हो भन्ने लाग्यो ।’

नेपालको राजनीतिक दल, संवैधानिक शक्तिहरु एक ठाउँमा उभिएर चीनले नेपालमा संविधान मान्ने जुनसुकै दललाई पनि विश्वास गर्नसक्ने वातावरण नेपालले बनाउनुपर्ने लेखकले पुस्तकमा उल्लेख गरेको उनले खुलाए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद