"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लोकतन्त्र बलियो बनाउने गरी संविधानमा सुधार गर्न सकिन्छ : सभापति देउवा

प्रकाशित मिति :  17 September, 2024 5:20 pm


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई अझै मतबुत बनाउनका लागि संविधानमा संशोधन गर्न सकिने बताएका छन्।  गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच संविधान संशोधनलगायत विषयमा सात बुँदे सहमति भएकोतर्फ लक्ष्य गर्दै सभापति देउवाले लोकतन्त्र बलियो बनाउने गरी संविधानमा सुधार गर्न सकिने बताए।

‘ओलीजी प्रधानमन्त्री हुँदाखेरि उहाँले संविधानमा संशोधन गर्ने कुरा भन्नु भएको छ। त्योचाहिँ प्रजातन्त्रको खिलापमा होइन। प्रजातन्त्रलाई अझै मजबुत बनाउने किसिमले संविधानमा सुधार हुने गरी संविधान संशोधन हुन सक्दछ,’ कांग्रेस कानुन विभागले मंगलबार सानेपामा गरेको संविधानको एक दशक, कार्यान्वयन र चुनौती विषयक अन्तर्क्रियामा सभापति देउवाले भने।

उनले कांग्रेस र एमाले प्रजातन्त्रका लागि लडेको पार्टी भएको पनि बताए। ‘ओलीजीलाई मैले पहिलो पटक जेलमा भेटेको हो। प्रजातन्त्रका लागि हामी विद्यार्थी हुँदादेखि नै लड्दै आएको हो, जेलनेल भोगेको पार्टीहरू हो। त्यसैले प्रजातन्त्रको खिलापमा कुनै पनि काम हुन सक्दैन,’ देउवाले भने, ‘प्रजातन्त्रलाई कसरी मतबुत बनाउने र जनताकाप्रति कसरी जबाफदेही बनाउने भन्ने कुरा आवश्यक छ।’

उनले प्रदेशको संरचना बनिसकेकोले यो हट्ने अवस्था नरहेको बताए। ‘प्रदेश संरचना र सरकार बनिसक्यो। यसलाई हटाउन सकिन्न। यसलाई कसरी अझ जबाफदेही बनाउने भन्ने कुरा सोच्नुपर्छ र सुधार गर्नुपर्छ,’ सभापति देउवाले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद