"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वर्षाले ओमान र नेपालबीचको खेल रद्द

प्रकाशित मिति :  17 September, 2024 6:14 pm


काठमाडौँ – लगातार खराब खेलिरहेको नेपाली क्रिकेट टिमलाई बुधबार वर्षाले ठूलो राहत दिलाएको छ । आईसीसी मेन्स वर्ल्डकप क्रिकेट लिग–टुमा वर्षाका कारण नेपाल र ओमानबीचको खेल रद्द गरिएको हो । यससँगै नेपालले एक अंक प्राप्त गरेको छ ।

किंग्स सिटीमा हुनु पर्ने खेलमा वर्षाका कारण एकै बल पनि सम्भव भएन । यो नतिजापछि नेपालको आठ खेलबाट तीन अंक भएको छ । नेपालले क्यानाडा भ्रमणको त्रिकोणात्मक शृंखलाका यसअघिका सबै तीनै खेल गुमाएको थियो ।

यसमा क्यानाडाविरुद्धका दुई र ओमानविरुद्धको एक खेल रहेको छ । ओमान भने छ अंकमा नेपालको ठीक माथि छैटौं स्थानमा रहेको छ । शृंखलाको तेस्रो टिम क्यानाडा भने १४ अंकमा शीर्ष स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको