"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वर्षाले ओमान र नेपालबीचको खेल रद्द

प्रकाशित मिति :  17 September, 2024 6:14 pm


काठमाडौँ – लगातार खराब खेलिरहेको नेपाली क्रिकेट टिमलाई बुधबार वर्षाले ठूलो राहत दिलाएको छ । आईसीसी मेन्स वर्ल्डकप क्रिकेट लिग–टुमा वर्षाका कारण नेपाल र ओमानबीचको खेल रद्द गरिएको हो । यससँगै नेपालले एक अंक प्राप्त गरेको छ ।

किंग्स सिटीमा हुनु पर्ने खेलमा वर्षाका कारण एकै बल पनि सम्भव भएन । यो नतिजापछि नेपालको आठ खेलबाट तीन अंक भएको छ । नेपालले क्यानाडा भ्रमणको त्रिकोणात्मक शृंखलाका यसअघिका सबै तीनै खेल गुमाएको थियो ।

यसमा क्यानाडाविरुद्धका दुई र ओमानविरुद्धको एक खेल रहेको छ । ओमान भने छ अंकमा नेपालको ठीक माथि छैटौं स्थानमा रहेको छ । शृंखलाको तेस्रो टिम क्यानाडा भने १४ अंकमा शीर्ष स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार