"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारको न्युनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्ने तयारी छ : महामन्त्री गगन

प्रकाशित मिति :  २ आश्विन २०८१, बुधबार १७:०२


काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी रहेको बताएका छन्। बुधबार काठमाडौंको मूलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा उनले यस्तो बताएका हुन्।

त्यस्तै उनले संसद्‌को आगामी अधिवेशनको सुरुमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको बताएका छन्।

उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत समितिमा सहभागी राजनीतिक दलहरुले दलगत हिसाबमा समूह बनाएर सहमतिले पारित गर्नेगरी अघि बढ्न आफूले सुझाव दिएको बताए। उनले उक्त समितिलाई दुई महिनाको समय दिएर समस्या सुझाउने प्रयास गर्न र सहमति जुटाउनसके छिटै शिक्षा विधेयक पारित हुने बताए।

उनले भने, ‘शिक्षा ऐनका प्रसंग अघि उठ्यो। यहाँ आउनुपूर्वको बैठकमा त्यही विषयमा नै छलफल गरिरहेको हुनाले गर्दा त्यहीँबाट शुरु गर्न मन लाग्यो। आज साँझ नयाँ बनेको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुपर्नेछ। त्यो कार्यक्रम बनाइरहेका छौँ। त्यो बनाउँदै गर्दा शिक्षा ऐन तत्काल पारित गर्छौं भनेर त्यसमा लेख्दैछौँ। लेखेर मात्रै हुँदैन, यहाँ त लेख्न चाहिँ लेख्ने तर संसदभित्रको काम हो। केही समयभित्रै शिक्षा ऐनलाई टुंग्याउनेछौँ।’

महामन्त्री थापाले केही समयभित्रै शिक्षा ऐनलाई टुंग्याउने प्रतिबद्धता व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ राजदूतको नाम अनुमोदन अनुमोदन गरेको छ। आज बिहीबार बसेको समितिको बैठकले केहीको नाम

काठमाडौँ – सत्ता गठबन्धनले उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गर्ने उल्लेख

काठमाडौँ – नेकपा (एमाले) ले दसौं महाधिवेशनसम्म १० लाख संगठित सदस्य पुर्‍याउने लक्ष्यका साथ वार्षिक कार्ययोजना तय गरेको छ। गत

काठमाडौँ – निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपचुनावको तालिका स्वीकृत गरेको छ। कार्यतालिका स्वीकृत भएको जानकारी बुधबार