"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्णायक शक्ति बन्ने एमालेको कार्ययोजना सार्वजनिक [पूर्णपाठ]

प्रकाशित मिति :  18 September, 2024 7:24 pm


काठमाडौँ – नेकपा (एमाले) ले दसौं महाधिवेशनसम्म १० लाख संगठित सदस्य पुर्‍याउने लक्ष्यका साथ वार्षिक कार्ययोजना तय गरेको छ। गत भदौ १८ र १९ गते बसेको पोलिटब्युरोमा प्रस्तुत निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजना सचिवालय बैठकले अन्तिम रूप दिएको हो।

त्यसलाई भदौ ३१ गते पार्टी महासचिव शंकर पोखरेलले सर्कुलरका रुपमा जारी गरेका छन्। एमालेमा अहिले साढे पाँच लाख संगठित सदस्य छन्। यसवर्ष नवीकरण ६० प्रतिशत भएकाले सदस्यता विस्तारलाई अभियानकै रूपमा एमालेले अघि बढाउन लागेको हो।

‘२०८१ को पार्टी सदस्यता नवीकरणको समयावधि समाप्त भएको छ। भदौ मसान्तभित्र तोकिएअनुसारको ढाँचामा सदस्यता शुल्क, लेबी र विशेष सहयोग बुझाइ नवीकृत र नयाँ सदस्यहरूको सूची केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण गर्ने। वर्ष २०८२ को सदस्यता नवीकरणको काम वैधानिक व्यवस्थाअनुरूप समयमै सम्पन्न गर्ने। त्यसका लागि सम्बन्धित सबै कमिटीले सदस्यता नवीकरण र विस्तारको कामलाई वार्षिक कार्ययोजनाको अंग बनाइ लागूगर्ने,’ एमालेको कार्ययोजनामा उल्लेख छ।

२०८२ को नवीकरण र विस्तार गर्दा वडामा मतदाता संख्याको कम्तिमा ३ प्रतिशत पुर्‍याउन एमालेको लक्ष्य छ। त्यस्तै पालिका र जिल्लामा मतदाताको कम्तिमा ६ प्रतिशत पार्टी सदस्य पुर्‍याउने पूर्वनिर्धारित लक्ष्य पूरा गर्ने गरी योजना बनाएर कार्यान्वयन गर्ने पनि कार्ययोजनामा उल्लेख छ। पार्टी सदस्यता विस्तार गर्दा आधारभूत वर्गबाट बढीभन्दा बढी पार्टी सदस्य निर्माण गर्ने विषयमा विशेष ध्यान दिन पनि एमालेले तहगत कमिटीलाई भनेको छ।

‘पार्टीको ११औं राष्ट्रिय महाधिवेशनसम्म प्रत्येक पालिका कमिटीले कूल सदस्यको संख्या ३३ प्रतिशत महिला सदस्य पुर्‍याउने गरी योजना बनाइ कार्यान्वयन गर्ने। नयाँ सदस्यता प्रदान गर्नुअघि अनिवार्य आधारभूत तहको प्रशिक्षण तथा परीक्षा लिने प्रणाली व्यवस्थित गर्ने। राजनीतिक ध्रुवीकरणको नीतिअनुरूप पार्टी प्रवेश गरेकाहरूको पार्टी सदस्यताको अभिलेखीकरणको काम प्रवेश गरेको तीन महिनाभित्र अनिवार्य रूपमा गर्ने।

नयाँ र प्रवेशबाट थपिएका सदस्यहरूबाट एक वर्षका लागि तोकिएअनुसारको शुल्क सम्बन्धित कमिटीमा बुझाउने। पार्टीको ११औं महाधिवेशनसम्म पार्टी सदस्यता १० लाख पुर्‍याउने लक्ष्य हासिल गर्न सम्बन्धित तहको पार्टी कमिटीको योजनामा विधानको व्यवस्थाअनुरुप जनसंगठनहरू र सम्पर्क मञ्चहरू क्रियाशील व्यक्तिहरुलाई समेत आधार बनाई नयाँ सदस्यता विस्तारको योजना कार्यान्वयन गर्ने,’ कार्ययोजनामा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद