"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रस्तावित १६ राजदूतको नाम सुनुवाइ समितिबाट अनुमोदन

प्रकाशित मिति :  19 September, 2024 3:38 pm


काठमाडौँ – संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ राजदूतको नाम अनुमोदन अनुमोदन गरेको छ। आज बिहीबार बसेको समितिको बैठकले केहीको नाम सर्वसम्मत र केहीको बहुमतका आधारमा अनुमोदन गरेको हो। सुनुवाइमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल र जसपा नेपालका सांसद प्रकाश अधिकारीले प्रस्ताविक केही नामको विषयमा फरक मत राखेका थिए।

अर्यालले धनप्रसाद पण्डित, कपिलमान श्रेष्ठ र नेत्रप्रसाद तिम्सिनामाथि फरक मत राखे। अधिकारीले शंकर शर्मा, पण्डित, श्रेष्ठ र तिम्सिनामाथि फरक मत राखे। समितिले फरक मतसहित नै अनुमोदन गरेको हो।

समितिमा १७ जनाको प्रस्ताव गरिएको थियो। श्रीलंकाको लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको अनुमोदन भने भएन। उनको कागज नपुगेका कारण अनुमोदन नभएको समितिले जनाएको छ। भट्टराईको कागज मगाइएको छ। भट्टराईको कागज आएपछि सुनुवाइ गर्ने समितिले जनाएको छ।

समितिले चीनका लागि प्रा.डा. कृष्णप्रसाद ओली, डेनमार्कका निम्ति सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेती, भारतका निम्ति डा. शंकर शर्मा, इजरायलका लागि प्रा. धनप्रसाद पण्डित, मलेसियाका निम्ति डा. नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका निम्ति प्रकाशमणि पौडेललाई अनुमोद गरेको छ।

त्यस्तै, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका निम्ति जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका निम्ति प्रा. डा. कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, स्पेनका निम्ति सनिल नेपाल, बेलायतका निम्ति चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शनलाई अनुमोदन गरेको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद