"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चिया विकास निगमका तत्कालीन लेखापालहरू भ्रष्टाचार मुद्दामा दोषी ठहर

प्रकाशित मिति :  22 September, 2024 6:50 pm


काठमाडौँ- नेपाल चिया विकास निगमका तत्कालीन लेखापालहरू भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको संयुक्त इजलासले निगमका तत्कालीन सिनियर लेखापाल सञ्जय बिलौटिया र लेखा पाल मनिषकुमार कर्णलाई दोषी ठहर गरेको हो।

बिलौटिया र कर्णले चारवटा आर्थिक वर्षमा झुटा बिल भरपाई पेश गरी वास्तविक विद्युत महसुलभन्दा बढी रकम अपचलन गरेको विशेषले ठहर गरेको छ। दुवै जनालो पदीय दायित्व एवं कर्तव्य निर्वाह नगरी झुटा बिल भरपाईका आधारमा वास्तविक महसुलभन्दा बढी रू. ३२ लाख ५२ हजार ३६८ सार्वजनिक संस्थालाई हानिनकोक्सानी पुर्‍याएको विशेषको फैसलामा उल्लेख छ।

बिलौटिया र कर्णलाई जनही तीन महिना कैद तथा बिगोको दामासाहीका हिसाबले १६ लाख २६ हजार १८४ रूपैयाँ असुलउपर गर्न विशेषले फैसला गरेको छ। यही मुद्दामा विशेषले प्रतिवादीहरू गुणराज श्रेष्ठ र वेदबहादुर रानालाई सफाइ दिएको छ।

झुटा बिलभरपाई बनाई वास्तविकभन्दा बढी विद्युत महसुल बुझाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरूद्ध गत वैशाख २८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद