"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सहकारी ठगी प्रकरण : छविलाल जोशी पक्राउ, रवि लामिछाने पक्राउ गर्ने तयारीमा हाई अलर्ट

प्रकाशित मिति :  22 September, 2024 7:02 pm


काठमाडौँ-  सहकारी ठगी छानबिन गर्न गठित विशेष संसदीय समितिले कारबाही सिफारिस गरेका व्यक्तिहरूमाथि कारबाही गर्न प्रहरीले अनुमति पाएको छ। गृहमन्त्रालयले समितिको सुझाव तथा सिफारिसका आधारमा काम कारबाही अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशनात्मक पत्र लेखेको हो।

‘समितिले सरकारलाई बुझाएको प्रतिवेदनलाई मन्त्रिपरिषद्‌ले कार्यान्वयन गर्ने निर्णय गरिसकेको थियो,’गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने,’सोहीअनुसार गृहमा पनि पत्र प्राप्त भएको थियो। गृहले आवश्यक कारबाही सुरु गर्न निर्देशन दिँदै प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेका छौँ।’

अब भने पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि अनुसन्धानमा तानिने भएका छन्। संसदीय छानबिन समितिले लामिछानेलाई गोर्खा मिडिया नेटवर्कमा आएको रकम खर्च गरेको कारण देखाउँदै कारबाहीका लागि सिफारिस गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद