"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दुई महिनामै एक लाख १५ हजार विदेशीए

प्रकाशित मिति :  24 September, 2024 7:59 pm


काठमाडौँ- चालु आर्थिक बर्षको दुई महिनामा एक लाख १५ हजार ६ सय ७२ जना वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनमा ५९ हजार ५ सय ७५ र भदौमा ५७ हजार चारसय ९३ जना युवाले श्रमस्वीकृति लिएर ९५ देश पुगेका छन्। श्रमस्वीकृति लिएकामध्ये ६४ प्रतिशत नयाँ र ३६ प्रतिशत बिदामा आएर पुनः  जाने गरेको विभागको तथ्यांक छ।

यो गत वर्षको तुलनामा करिब ९ प्रतिशतले बढी भएको विभागले जनाएको छ। विभागका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनामा १ लाख ६ हजार ४ सय ५९ श्रम स्वीकृति लिएर विदेशीएका थिए।

पछिल्लो ३ वर्षमा २२ लाख ५४ हजार युवा रोजगारीको खोजीमा ९५ देश पुगेको विभागको तथ्यांकमा छ। वार्षिक ७ लाख १४ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए। उनका अनुसार दुई बर्षयता विकासित र युरोपका देश जाने कामदारको संख्या पनि बढ्दो छ।

श्रमस्वीकृति सेवा पूर्ण अनलाइन, श्रमिकमैत्री कानुन परिमार्जन र रोजगारदाता देशमा श्रमिक अभावका कारण विदेशीनेको संख्या बढेको उनको भनाइ छ।
पछिल्लो समय करारअवधि सकिएर आएका कामदार पुनः वैदेशिक रोजगारीमा जाने क्रम बढेको र व्यक्तिगत भिसामा जाने कामदारको संख्या बढेको विभागले जनाएको छ।

गत आवमा रोजगारी खोज्दै ७ लाख ४१ हजार र अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी ७ लाख ७१ हजार वैदेशिक रोजगारीमा गएको विभागका तथ्यांकमा छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको

ललितपुर – अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।आज ललितपुरमा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’ मा

काठमाडौँ — प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै