"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सहकारी प्रकरणमा रवि लामिछानेले ‘क्लिन चिट’ पाएको भ्रम फैलाए : महासचिव पोखरेल

प्रकाशित मिति :  25 September, 2024 3:20 pm


काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी प्रकरणमा क्लिन चिट पाएको भन्दै भ्रम फैलाएको टिप्पणी गरेका छन्। कैलालीको धनगढीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।

 ‘निर्दोष छु र क्लिन चिट पाएको भनेर घोषणा गरिएको छ,’ उनले भने, ‘अनुसन्धानको प्रक्रियामा प्रवेश गरेर सफाइ पाएपछि हो क्लिन चिट पाउने। कानुनी प्रक्रियामा गएर अदालतबाट सफाइ पाएपछि हो क्लिन चिट पाइने। त्यो भएको छैन।’

कुनै पनि राजनीतिक दल र त्यसको नेतृत्वले अभियोग लागेपछि अनुसन्धानमा सहयोग गर्नुपर्ने बताउँदै त्यसबाट भाग्नु उचित नभएको पोखरेलले बताए। ‘राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापतिले निःसर्त रुपमा अनुसन्धानमा सहयोग गर्नुपर्छ,’ उनले भने, ‘अभियोग कति गम्भीर छ भन्ने विषय राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका नेताकार्यकर्ताहरुले बुझ्नु भएको छ होला।’

महासचिव संसदीय समितिले कानुनअनुसार कारबाही गर्नु भनेको बताउँदै त्यसलाई क्लिन चिटको संज्ञा दिएर भ्रम फैलाइएको र सहकारी प्रकरणको अनुसन्धान नै अवरुद्ध गर्न खोजेको आरोप लगाए। ‘कानुनी राज्यमाथिको उपहास हुने गरी अनुसन्धानलाई नै रोक्ने गरी गतिविधि भइरहेको छ,’ महासचिव पोखरेलले भने।

अर्को प्रसंगमा बोल्दै पोखरेलले सरकारबाट बाहिरिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा छटपटी देखिएको बताए। ‘नयाँ सरकार गठन भएको सय दिन नपुग्दै उहाँको छटपटी संसदमा देखिएको थियो,’ उनले भने, ‘प्रचण्डले संसदमा दिएको अभिव्यक्ति असंसदीय र अराजनीतिक थियो। माओवादी द्वन्द्वकालमा भएको हिंसाको आलोचना गर्दा संसद रोक्ने काम हुनु गलत हो।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद