"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विपद् व्यवस्थापनमा सरकारी र गैरसरकारी क्षेत्र हातेमालो गरिरहेका छन् : गृहमन्त्री लेखक

प्रकाशित मिति :  26 September, 2024 3:21 pm


काठमाडौँ – सरकारसँगै गैरसरकारी क्षेत्रमा कार्यरत संघ, संस्थाहरूले विपद् व्यवस्थापनमा सहकार्य गरिरहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् । सुरक्षित बस्ती विकासका लागि सुरक्षित भवन निर्माण अत्यन्तै आवश्यक रहेको उनको भनाइ छ । 

अमेरिकी सहयोग नियोगद्वारा बिहीबार काठमाडौंमा आयोजित ‘सिकाइ आदान–प्रदान कार्यशाला’ मा गृहमन्त्री लेखकले २०७२ सालको गोरखा भूकम्पबाट पाठ सिक्दै नेपालले भवन संहितामा समयसापेक्ष परिमार्जन गरेको बताए ।

संविधानले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको विषयलाई संघीय, प्रदेश र स्थानीय सरकारको जिम्मेवारीमा सूचीकृत गर्दै तीनवटै तहका सरकारको समन्वय र सहकार्यमा अगाडि बढ्नुपर्ने व्यवस्था गरेको बताउँदै गृहमन्त्री लेखकले संविधानले विपद् व्यवस्थापनका सन्दर्भमा स्थानीय तहहरूलाई विशेष जिम्मेवारी प्रदान गरेको र सो अनुसार तिनवटै सरकारहरूले आ–आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको जानकारी दिए ।

‘विपद व्यवस्थापनका क्षेत्रमा सरकारी क्षेत्रका साथै गैह्रसरकारी क्षेत्र अन्तर्गतका विभिन्न संघ, संस्थाहरूले समेत आ–आफ्नो भूमिका निर्वाह गर्दै हातेमालो गरिरहेका छन्,’ उनले भने, ‘यूएसएआईडीको सहयोगमा सञ्चालित ‘तयार नेपाल’ परियोजनाले विपद् जोखिम न्यूनीकरण एवं वस्थापनका क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहमा महत्वपूर्ण योगदान पुर्‍याएको महसुस गरेको छु ।’

‘सबल प्रणाली’ स्थापना गर्ने सन्दर्भमा बहु–निकायसँगको सहकार्य र निर्देशनमा विभिन्न नीति, निर्देशिका, कार्यविधि, संगठन संरचना तथा कार्यढाँचा बनाउन परियोजनाबाट सहयोग समेत भएको गृहमन्त्री लेखकले बताए । ‘विपद व्यवस्थापनका क्षेत्रमा सरकारी क्षेत्रका साथै गैह्रसरकारी क्षेत्र अन्तर्गतका विभिन्न संघ, संस्थाहरुले समेत आ–आफ्नो भूमिका निर्वाह गर्दै हातेमालो गरिरहेका छन्,’ उनले भने ।

परिमार्जित भवन संहिताको प्रभावकारी कार्यान्वयनका लागि हरेक स्थानीय तहमा प्राविधिक जनशक्तिको क्षमता विकास गर्नु आवश्यक रहेको पनि गृहमन्त्री लेखकले जोड दिए ।

अमेरिकी सरकारले ‘तयार नेपाल’ परियोजना मार्फत नेपाललाई उपलब्ध गराएको सहयोगका लागि गृहमन्त्री लेखकले प्रसंसा गरेका थिए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा थप सहयोगको अपेक्षा रहेको पनि उनको भनाइ थियो ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — कांग्रेसले सर्वसम्मतिबाटै संसदीय दलको नेता चयन गर्ने भएको छ । महामन्त्री प्रदीप पौडेलले सोमबार जसरी पनि दलको नेता चयन

काठमाडौं –  लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी वरिष्ठ हवल्दारलाई पोखराबाट

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ। सरकारले पहिलो

काठमाडौं – सरकारले स्थानान्तरण गरिने सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने भएको छ । शनिबार बिहानदेखि सरकारले थापाथली, गैरीगाउँ