"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस

प्रकाशित मिति :  27 September, 2024 5:30 pm


काठमाडौँ – सर्वोच्च अदालतको न्यायाधीशमा दुई जना सिफारिस भएका छन्। शुक्रबार बसेको न्यायपरिषद बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुका मुख्य न्यायाधीश नित्यतानन्द पाण्डेलाई सर्वोच्च अदालतका लागि सिफारिस गरेको हो। अब संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि उनीहरू सर्वोच्चको न्यायाधीशमा नियुक्त हुन्छन्।

सर्वोच्चमा अहिले चार न्यायाधीश पद रिक्त छ। केहीदिनमै प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले अवकास लिएपछि ५ न्यायाधीश पद खाली हुन्छन्। तर परिषदले भने २ जनालाई मात्रै सिफारिस गरेको छ। नेपालबारको दबाबका कारण अरू पदमा नियुक्ति सिफारिस गर्न नसकिएको परिषदका एक सदस्यले बताए। 

अहिले नेपाल बार एशोसिएसनले मुख्य रजिष्ट्रारलाई उच्च अदालतमा नियुक्त गरेर ल्याउँदा दिइने बरियता सम्बन्धी नियमलाई लिएर विरोधमा गरिरहेको छ। मुख्य रजिष्ट्रारलाई मुख्य न्यायाधीशपछिको रोलक्रममा पार्ने गरि यसअघि परिषदले नियमावली बनाएको थियो। उक्त नियमावली संसोधन गरेर मुख्य रजिष्ट्रारलाई अरू न्यायाधीशपछिको रोलक्रम नै तोक्नुपर्ने बारको माग छ।

उक्त माग सम्बोधन गर्न बारले दबाबमूलक कार्यक्रम गरिरहेको छ। आफ्नो माग सम्बोधन नगरि न्यायाधीश नियुक्ति नगर्न समेन बारले चेतावनी दिँदै आएको छ। 
बारले अघि सारेको नियमावली संसोधनको विषयलाई सम्मान गर्न आजबसेको परिषदले बरिष्ठतम न्यायाधीश प्रकाश सिंह राउतलाई जिम्मेवारी दिएको पनि ती सदस्यले जानकारी दिए। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको