"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नियमित काम रोकेर राहत र उद्धारमा खटिन एमालेको निर्देशन

प्रकाशित मिति :  १५ आश्विन २०८१, मंगलवार १४:५३


काठमाडौँ- नेकपा (एमाले) ले पार्टीका नियमित काम रोकेर बाढीपहिरो प्रभावितको उद्धार र राहतमा जुट्न निर्देशन दिएको छ। बसेरा होटलमा मंगलबार बसेको सचिवालय बैठकले राहत र उद्धारमा खटिन पार्टीका कार्यकर्ताहरूलाई निर्देशन दिएको हो।

महासचिव शंकर पोखरेलका अनुसार विपत्तिमा परेका जनतालाई राहत र उद्धारका लागि कार्यकर्ताहरू परिचालित गर्ने निर्णय गरिएको छ।

‘पार्टीका नियमित काम रोकेर उद्धार र राहतका काम गर्न कार्यकर्ताहरूलाई भनिएको छ,’ उनले भने, ‘सरकारले राहत कोषमा एक अर्ब राखेको छ। पार्टीका तर्फबाट ५० लाख राहत कोषमा उपलब्ध गराउने निर्णय भयो।’

अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमुलक रहेको पनि एमाले सचिवालय बैठकको निष्कर्ष रहेको महासचिव पोखरेलले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा माओवादी केन्द्रले आउँदो कात्तिक १० गते काठमाडौँमा खबरदारी सभा गर्ने भएको छ। सरकारका गलत कदमको विरोध र गर्नुपर्ने

काठमाडौँ – प्रतिपक्षी दलहरूले सरकारलाई दल विभाजनसम्बन्धी अध्यादेश नल्याउन चेतावनी दिएको छ। सरकारले अध्यादेश ल्याउने तयारी गरिरहेको आशंका भइरहेका बेला विपक्षी

काठमाडौँ- अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउने तयारी नभएको स्पष्टीकरण दिएका छन्। सरकारले

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेको चिन्ता अरू पार्टीहरुले लिनुनपर्ने बताएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर