"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नियमित काम रोकेर राहत र उद्धारमा खटिन एमालेको निर्देशन

प्रकाशित मिति :  1 October, 2024 2:53 pm


काठमाडौँ- नेकपा (एमाले) ले पार्टीका नियमित काम रोकेर बाढीपहिरो प्रभावितको उद्धार र राहतमा जुट्न निर्देशन दिएको छ। बसेरा होटलमा मंगलबार बसेको सचिवालय बैठकले राहत र उद्धारमा खटिन पार्टीका कार्यकर्ताहरूलाई निर्देशन दिएको हो।

महासचिव शंकर पोखरेलका अनुसार विपत्तिमा परेका जनतालाई राहत र उद्धारका लागि कार्यकर्ताहरू परिचालित गर्ने निर्णय गरिएको छ।

‘पार्टीका नियमित काम रोकेर उद्धार र राहतका काम गर्न कार्यकर्ताहरूलाई भनिएको छ,’ उनले भने, ‘सरकारले राहत कोषमा एक अर्ब राखेको छ। पार्टीका तर्फबाट ५० लाख राहत कोषमा उपलब्ध गराउने निर्णय भयो।’

अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमुलक रहेको पनि एमाले सचिवालय बैठकको निष्कर्ष रहेको महासचिव पोखरेलले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद