"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बाढी, पहिरो प्रभावितका घरमै पुगेर राहत वितरण गरिरहेका छौँ : गृहमन्त्री लेखक

प्रकाशित मिति :  6 October, 2024 8:35 am


काठमाण्डौं – गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान प्रभावित जिल्लाका पालिकाहरुलाई चाँडो भन्दा चाँडो लाभग्रही परिचालन गरी पठाउन आग्रह गरेका छन्।

शनिबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लाभग्रही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउन सक्ने बताए। उनले विपद्मा ठुलो जनधनको क्षति भएकोमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए।

‘मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लामा रकम पठाएर घरमै पुगेर वितरण गरिरहेका छौँ,’ गृहमन्त्री लेखकले भने, ‘घाइतेहरुको पनि अस्पतालमा निःशुल्क उपचार अघि बढेको छ।’

विपद् संकटग्रस्त क्षेत्र घोषणा सरकारले गरिसकेको बताउँदै उनले त्यसमा राज्यले सम्पूर्ण ध्यान केन्द्रित गरेको जानकारी दिए।

‘उद्धार, राहत र पुर्नस्थापनाका सवालमा सरकारी गम्भीर भएर अघि बढेको छ,’ उनले भने, ‘पूर्ण रुपमा घर क्षति भएका पीडित नागरिकहरुलाई तत्काल अस्थायी घरबास बनाउन रकम निकासा गर्ने कुरा अगाडि बढेको छ।”

ग्रामीण भेगमा नागरिकहरुको स्वास्थ्य उपचारका लागि आपतकालीन हेलि उद्दार तथा संरक्षणको मागसहित एक महिनाअघि आमरण अनसन पसेका तेह्रथुमका ४२ बर्षीय दीपक सिलवाललाई शनिबार गृह मन्त्रालयमा सहमतीपछि अनशनरत सिलवाललाई जुस खुवाएर अनशन अन्त्य गराउने क्रममा गृहमन्त्री लेखकले अनशनरत सिलवालले उठाएका विषय सरकारले गम्भीर रुपमा लिएको बताए।

‘हवाई उद्दारलाई प्रभावकारी बनाउने विषयमा सरकारको ध्यान गएको छ,’ उनले भने, ‘यो विषयलाई थप गम्भीर रुपमा लिएर सरकारले यस सम्बन्धी कार्यविधि संशोधन सिलवालजीका कुरा समेटेर गर्ने छौँ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने