"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न सरकार क्रियाशिल : अर्थमन्त्री पौडेल

प्रकाशित मिति :  २२ आश्विन २०८१, मंगलवार १४:०४


काठमाडौँ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकभित्रै औद्योगिक वातावरण बनाइ वैदेशिक र निजी लगानी आकर्षित गरी स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशिल रहेको बताएका छन् ।

मंगलबार अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको २६ औं क्षेत्रीय परिषद्को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार मुलुकभित्रै औद्योगिक वातावरण तयार गरी वैदेशिक र निजी लगानी आकर्षित गर्ने योजनामा रहेको बताए ।

उनले औद्योगिक क्षेत्रमा वैदेशिक र निजी लगानी वृद्धि भएमा स्वदेशमा नै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न सकिने बताए । अर्थमन्त्री पौडेलले असल औद्योगिक वातावरण तयार गर्न ट्रेड युनियनकर्मीको भुमिका महत्वपूर्ण रहेको बताए । अर्थमन्त्री पौडेलले वर्तमान सरकार श्रमिक र उद्यमी व्यवसायीहरुबीच सुमधुर सम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागितालाई प्रोसाहन गर्ने नीति लिएको बताए ।

श्रम सम्बन्ध सुधारको लागि श्रमसम्बन्ध समितिको व्यवस्था गरी औद्योगिक वातावरण निर्माणमा सरकार केन्द्रित रहेको भन्दै उनले नेपालको सन्दर्भमा श्रमिकलाई सबैभन्दा बढी आवश्यकता, प्रभावकारी सामाजिक सुरक्षाको व्यवस्था रहेको बताए। उनले सामाजिक सुरक्षालाई मात्रै प्रभावकारी रुपमा श्रमिकको सम्मानपूर्ण जीवन बाच्न र सुरक्षित भविष्य सुनिश्चित गर्न सकिने बताए ।

उनले भने, ‘वर्तमान सरकार श्रमिक र उद्यमी व्यवसायीहरुबीच सुमधुर सम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागितालाई प्रोसाहन गर्ने नीति लिएको छ । श्रम सम्बन्ध सुधारको लागि श्रमसम्बन्ध समितिको व्यवस्था गरी औद्योगिक वातावरण निर्माणमा सरकार केन्द्रित छ । नेपालको सन्दर्भमा श्रमिकलाई सबैभन्दा बढी आवश्यकता, प्रभावकारी सामाजिक सुरक्षा छ । प्रभावकारी सामाजिक सुरक्षालाई मात्रै श्रमिकको सम्मानपूर्ण जीवन सुरक्षित भविष्य सुनिश्चित गर्न सकिन्छ ।’

अर्थमन्त्री पौडेलले श्रमिकहरुले आफ्नो जीवनलाई सम्मानित बनाउन सम्मानजनक पारिश्रमिक पनि हुनुपर्छ भन्ने वर्तमान सरकारको मान्यता रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जेनेभा / रासस- राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र भारतीय संसद लोकसभाका अध्यक्ष ओम बिरलाबिच शिष्टाचार भेटवार्ता भएको छ। अन्तर-व्यवस्थापिका

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरी सम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताएका छन्। ६९ औँ प्रहरी

काठमाडौँ – पछिल्ला वर्षहरुमा सूचना प्रविधि क्षेत्रले नेपालाई राम्रो लाम दिइरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । खासगरी विभिन्न प्रकारका सफ्टवेयरको विकासमा

तनहुँ- तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका विरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर विरामीको उपचार भइरहेको छ