"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दुई दलिय व्यवस्था बनाउनु खोज्नु नै संकटको संकेत हो : प्रचण्ड

प्रकाशित मिति :  9 October, 2024 12:36 pm


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो र दोस्रो दलको सरकार बनाउनु नै संकटको संकेत भएको बताएका छन् ।

बुधबार सम्पादकहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘पहिलो र दोस्रो दलको सरकार बनाउनु नै  संकटको संकेत हो । सामान्यतया संसदीय लोकतन्त्रमा यस्तो हुन्न ।’

प्रचण्ड नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेस र नेकपा एमालेले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाएका छन् । गत असार मध्यराति कांग्रेस–एमाले बीच सात बुँदे समझदारी भएको थियो । सोही समझदारीका आधारमा संघीय संसदको सबैभन्दा ठूलो दल कांग्रेस र दोस्रो ठूलो दल एमालेले सरकार बनाएका हुन् ।

कांग्रेस र एमाले बीच समझदारी भएपछि एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि प्रचण्डले गत असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत मागेका थिए । प्रचण्डले विश्वासको मत पाउन नसकेपछि उनी नेतृत्वको सरकार ढलेको थियो ।

त्यसपछि कांग्रेस र एमालेको समर्थनमा असार ३० गते ओली प्रधानमन्त्री बनेका थिए । दुई दलका बीचमा भएको समझदारी अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेका छन् ।

दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समझदारी छ । संसदको पहिलो र दोस्रो ठूलो दलले सरकार बनाउँदा नेपालको संविधान २०७२ मा आवश्यक संशोधन गर्ने सहितका एजेण्डा अगाडि सारेका छन् । तर, के संशोधन गर्ने ठोस रुपमा प्रस्तावित भएको छैन ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने अहिले संविधान संशोधन नभइ कार्यान्वयन आफूहरुको प्राथमिकता रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद