"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘क्याम्ब्रियन गस्ती अभ्यास’ मा नेपाली सेनालाई स्वर्ण पदक

प्रकाशित मिति :  13 October, 2024 10:17 am


काठमाडौँ – बेलायतमा आयोजना भएको क्याम्ब्रियन गस्ती अस्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । ३७ देशका एक सय २१ अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहेको अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको हो ।

जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाका अनुसार बेलायतको वेल्स, ब्रेकनमा असोज २३ देखि २५ गतेसम्म सञ्चालन भएको ‘क्याम्ब्रियन गस्ती अभ्यास २०२४’ मा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको हो ।

‘उक्त अभ्यासमा संयुक्त अधिराज्य बेलायत सहित ३७ राष्ट्रका १२१ वटा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहेको थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आइरहेको छ,’ जनसम्पर्क तथा सूचना निर्देशनालयले उल्लेख गरेको छ, ‘दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री सहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको लडाइको तयारी, खबर संकलन, घाइते-बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ ।’

नेपाली सेनाले उक्त प्रतियोगितामा सन् २०१७ र २०१९ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो । पुरस्कार वितरण कार्यक्रममा उपरथी दिपककुमार बानियाँ सम्मानित अतिथिको रुपमा सहभागी रहेको सेनाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको