"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘क्याम्ब्रियन गस्ती अभ्यास’ मा नेपाली सेनालाई स्वर्ण पदक

प्रकाशित मिति :  13 October, 2024 10:17 am


काठमाडौँ – बेलायतमा आयोजना भएको क्याम्ब्रियन गस्ती अस्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । ३७ देशका एक सय २१ अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहेको अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको हो ।

जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाका अनुसार बेलायतको वेल्स, ब्रेकनमा असोज २३ देखि २५ गतेसम्म सञ्चालन भएको ‘क्याम्ब्रियन गस्ती अभ्यास २०२४’ मा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको हो ।

‘उक्त अभ्यासमा संयुक्त अधिराज्य बेलायत सहित ३७ राष्ट्रका १२१ वटा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहेको थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आइरहेको छ,’ जनसम्पर्क तथा सूचना निर्देशनालयले उल्लेख गरेको छ, ‘दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री सहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको लडाइको तयारी, खबर संकलन, घाइते-बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ ।’

नेपाली सेनाले उक्त प्रतियोगितामा सन् २०१७ र २०१९ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो । पुरस्कार वितरण कार्यक्रममा उपरथी दिपककुमार बानियाँ सम्मानित अतिथिको रुपमा सहभागी रहेको सेनाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद