"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेको चिन्ता अरू पार्टीहरुले लिनु पर्दैन : महासचिव पोखरेल

प्रकाशित मिति :  21 October, 2024 5:07 pm


काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेको चिन्ता अरू पार्टीहरुले लिनुनपर्ने बताएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर महासचिव पोखरेलले एमालेले गरेको निर्णयको आलोचना र चिन्ता अरू पार्टीका नेता कार्यकर्ताहरूले लिनुनपर्ने बताएका हुन्।

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङबाट जग्गा दानमा लिने निर्णयबारे सार्वजनिक मञ्चदेखि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। महासचिव पोखरेलले पनि फरक पार्टीका नेता कार्यकर्ताहरूले एमालेको भविष्यका वारेमा चिन्ता गर्दै सामाजिक संजालमा अनेकन् सुझाव दिइरहेका छन् र उस्ले गरेका निर्णयहरुको कटुआलोचना गरिरहेको बताएका छन्।

‘राजनीति गर्नेहरुले आ-आफ्नो पार्टी राम्रो बनाउन लागेत अरुका वारेमा चिन्ता गर्नै पर्दैन नि,’ उनले भनेका छन्। पोखरेलले एमालेलाई कस्तो बनाउने भन्ने विषय  एमालेजनलाई नै छाडिदिन आग्रह समेत गरेका छन्।

‘जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा(एमाले)लाई राम्ररी थाहा छ । जनस्तरका सुझाव ग्रहण गर्नका लागि नेकपा(एमाले)ले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट चिवाभंज्याङ यात्रा गरेकै हो । भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ,’ उनले लेखेका छन्।

जनताकाबीच  पुगेर जनताको सुझाव ग्रहण गर्दै एमाले आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रीत रहेको पोखेरेलले बताएका छन्।

‘समृद्ध नेपाल सुखी नेपालीको नेपाली जनताको आकांक्षा पुरा गर्नका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ। तसर्थ, कुन पार्टी कस्तो भन्ने कुराको परिक्षण त सामाजिक संजालले होइन आवधिक निर्वाचनले गर्ने हो । त्यसका लागि नेकपा(एमाले) हरदम तयार छ,’ उनले लेखेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद