"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राजनीतिक दल समबन्धी अध्यादेश ल्याउने कुनै तयारी नभएको प्रधानमन्त्रीको स्पष्टीकरण

प्रकाशित मिति :  22 October, 2024 10:43 am


काठमाडौँ- अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउने तयारी नभएको स्पष्टीकरण दिएका छन्।

सरकारले अध्यादेश ल्याउने तयारी गरेको भन्दै सोमबार बेलुका प्रतिपक्षी दलका नेताले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए। त्यससन्दर्भमा प्रतिपक्षी दलले प्रधानमन्त्रीलाई जिज्ञासा राखेका थिए। जबाफमा प्रधानमन्त्रीले पार्टी फुटाएर एमालेमा मिलाउने योजना नभएको बताएका थिए।

‘विगतमा नेकपा एमालेलाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरुलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ। तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन।’ प्रधानमन्त्रीलाई उदृत गर्दै सचिवालयले भन्यो। विपक्षी दलका नेताहरूले रवि लामिछाने पक्राउका विषयमा पनि प्रधानमन्त्रीलाई जबाफ मागेका थिए। ओलीले आफूलाई प्रतिशोधको राजनीति नगरेको बताएका थिए।

‘मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन। मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनु दिनुछैन। मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ।’ ओलीले भने,‘अरू दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो। समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो।’

उनले लामिछाने पक्राउपछि आफूलाई कतिपयले ‘तानाशाह’ भनेर अवाञ्छित गालीगलौज गरिएको गुनासो गरेका थिए। ‘थप तिक्तता नहोस् भनेर मैले कुनै जबाफ दिएको छैन। मलाई कुनै स्टन्टबाजी गर्नुछैन।’ ओलीले भनेका थिए,‘साथीहरुले पनि त्यसो गर्नु राम्रो होइन।

मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन। लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता