"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समसामयिक राजनीतिक विषयमा सत्तारुढ दलको छलफल

प्रकाशित मिति :  23 October, 2024 12:36 pm


काठमाडौँ – सरकारले १०० दिनमा उल्लेख्य काम गर्न नसकेका तथ्यांकहरू सार्वजनिक भइरहेका बेला सत्तारुढ दलको बैठक बसेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक सुरु भएको छ । 

बैठकमा सरकारका कामकारबाही तथा समसामयिक राजनीतिक विषयमाथि छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले आज दिउँसो सरकारको १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दैछन् । सत्तारुढ दलकै नेताहरू सरकारको कामकारबाहीबारे सन्तुष्ट नभएका बेला प्रधानमन्त्री ओलीले सबै दललाई छलफलका लागि डाकेका हुन् ।

एमाले अध्यक्ष ओलीलाई असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए । माओवादी-रास्वपालगायतका दलको गठबन्धन टुटाएर एमालेले कांग्रेससँग मिलेर सरकार बनाएको थियो । ओलीलाई कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी नेपाल समर्थन गरेका छन् । जनमत र जसपा नेपालले भने सरकारबाहिरै रहेर उनलाई समर्थन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद