"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभापति देउवाले भने – सरकारको १०० दिनको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण छैन

प्रकाशित मिति :  25 October, 2024 2:42 pm


काठमाडौँ – सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति आफ्नो दल सन्तुष्ट रहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको सभापति देउवाको भनाइ छ । 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले ‘हनिमुन डेज’मा सरकारले राम्रो काम गरेको दाबी गरेका छन् । ‘अब मलाई त राम्रो लाग्छ, धेरै कुराले गर्दा राम्रो छ । सय दिनलाई मैले त राम्रो मानेको छु । सय दिनलाई हनिमुन डेज भन्छन् नि । राम्रो काम गरेको छ । राम्रो काम गरिरहेको छ, के भएको छ त ? गति पनि लिएको छ,’ सभापति देउवाले भने ।

विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको देउवाले दाबी गरे । ‘बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ । मान्छे पठाउनुभएको हो, गरेको हो । हेलिकप्टरबाट पनि उद्धार गरेको हो । ठीक छ, त्यस्तो केही छैन, सबैको राम्रो छ सय दिनको काम,’ सभापति देउवाले भने । ओली नेतृत्वको सरकारसँग कांग्रेस असन्तुष्ट नरहेको पनि उनले दाबी गरे ।

‘दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो । कहाँ कांग्रेस असन्तुष्ट छ, कसले भन्यो असन्तुष्ट भनेर । कहाँ असन्तुष्ट हुनु, कुरै छैन नि त्यो त । सानातिना समस्या एउटै पार्टीभित्र त हुन्छ भने त्यो अर्को पार्टी हो । त्यस्तो केही छैन,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद