"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गिरिबन्धु, क्यान्टोनमेन्ट, यति र ओम्नी छानबिन कहाँ पुग्यो ?

प्रकाशित मिति :  28 October, 2024 4:31 pm


काठमाडौँ – सत्तारुढ दल कांग्रेसका सांसदले गिरिबन्धु जग्गामा भएको अनियमिताको अनुसन्धान कहाँ पुगेको छ ? भनेर गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका छन् । कांग्रेस सांसद हृदयराम थानीले अघिल्लो सरकारको पालामा प्रतिपक्षले उठाउँदै आएको गिरिबन्धु जग्गालगायतमा भएका भ्रष्टाचारको छानबिन कहाँ पुग्यो भनेर गृहमन्त्री रमेश लेखकलाई सोधेका हुन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा सांसद थानीले विगतमा सदनमा उठाएका भ्रष्टाचारका मुद्दाबारे अनुसन्धान भइरहेको छ कि छैन भनेर प्रश्न गरेका हुन् । ‘भ्रष्टाचारका काण्ड उठेका छन् । गिरिबन्धु कहाँ पुगेको छ ? क्याटोन्मेट कहाँ पुगेको छ ? यति र ओम्नी कहाँ पुग्यो ?,’ थानीले सोधे । यी प्रकरणमा सरकारले छानबिन गर्ने हो कि होइन भनेर उनले प्रश्न गरेका छन् ।

समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधित्व गर्दै गृहमन्त्री रमेश लेखक उपस्थित भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका लागि प्रधानमन्त्री समितिमा आउने कुरा भएपनि अन्तिम समयमा गृहमन्त्रीलाई प्रतिनिधिका रूपमा पठाइएको थियो ।

विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा सांसद थानीले भ्रष्टाचार निवारणका लागि सरकारले काम गर्नुपर्ने बताए । मुलुकमा अति हुन नदिनका लागि कदम चाल्नका लागि उनले सुझाव दिए । अति भएमा बिस्फोट हुन्छ भन्ने कुराको ख्याल राख्न सुझाउँदै थानीले भने, ‘सरकारमा बसेर सबै ठीक छ भन्नेमा नठान्नुहोस् ।’

व्यवस्था बदलिएर पनि जनताको अवस्था बदल्न नसकेकाले जनता निराश रहेको कुरा सरकारले ख्याल राख्नुपर्ने थानीको भनाइ थियो । उनले सरकारी कार्यालयमा चिनजानको अधिकारी नभएमा कागज एक टेबुलबाट अर्को टेबुलमा नसर्ने गरेको आफ्नै अनुभव रहेको बताए । सांसदको अवस्था नै त्यस्तो रहेकोमा सर्वसाधारणको अवस्था के होला ? भन्ने उनको जिज्ञासा थियो ।

कांग्रेसकै सांसद सरिता प्रसाईंले भ्रष्टाचार नियन्त्रण नभएको बताएकी छन् । कानुन सबैलाई लाग्नुपर्ने बताउँदै उनले कानुनभन्दा माथि कोही नभएको कुरा हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको