"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सहकारी प्रकरणमा दोषी भए धनराज गुरुङ र ऋषिकेश पोखरेललाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ : गगन थापा

प्रकाशित मिति :  28 October, 2024 6:20 pm


काठमाडौँ – सत्तारुढ प्रमुख घटक कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको विषयमा कांग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेललाई पनि तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

सहकारी छानबिन संसदीय समितिले कांग्रेसका उपसभापति गुरुङ र एमाले सांसद पोखरेल पनि सहकारी ठगी प्रकरणमा संलग्न रहेको देखाएकाले सरकारले उनीहरुमाथि पनि तत्काल छानविन गरी दोषी देखिए कारबाहीको दायरामा ल्याउनुपर्ने महामन्त्री थापाको भनाई थियो ।

‘अहिले बाहिर छलफल चर्चा चलेको छ–नेपाली कांग्रेसको एक जना नेता पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो । थप अनुसन्धान गर्नुपर्छ । मत सरकारलाई यहीबाट अनुरोध गर्न चाहन्छु–बकाईदा अनुसन्धान गर्नुस् । अनुसन्धान गर्नुपनि पर्छ’ महामन्त्री थापाले भने,’नेकपा एमालेका ऋषि पोखरेलजीको नाम आयो । गर्नुस् अनुसन्धान । अनुसन्धान गर्नुस् मात्रै होइन, यदि गल्ती गर्नुभएको छ भने अभियोजन पनि गर्नुस् । दण्ड पनि दिनुस् ।’

उनले गत काम गरेको छ भने त्यसलाई छानबिन र न्यायको कठघरामा ल्याउनैपर्ने थापाको धारणा थियो ।

‘यो देशमा के स्थापित गर्नुपर्नेछ भने कोही पनि मानिस जुनसुकै राजनीतिक दलको होस–कांग्रेस होस्, एमाले होस्, रास्वपा होस्, राप्रपा होस, ठूलो होस्, सानो होस्, शक्तिशाली मानिस होस् । पाँचपटक प्रधानमन्त्री बनेको मानिस होस्, अहिले भइरहेका प्रधानमन्त्री होस् कि भोली प्रधानमन्त्री हुने मानिस होस् कि । जो सुकै होस, कानुनभन्दा माथि कोही छैन । न्यायको कठघरामा सबै उभिनुपर्छ भन्ने भन्नेकुरा पनि सरकारले स्थापित गराउन सक्नुपर्छ । राज्यको अरु निकायले स्थापित गराउन सक्नुपर्छ’ थापाले भने ।

उनले सरकारले आम नागरिकको विश्वसनीयता जगाउन पनि ठगीमा संलग्न जो कोही पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने काममा ढिलाई गर्न नहुने बताए ।

सोमबार नेपाल राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको दसैं, तिहार, छठ लगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारले न्यायको कठघरामा जो कोही पनि उभिनुपर्छ भन्ने मान्यता स्थापित गराउन पनि सहकारी ठगीमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन हिच्किच्याउने काम गर्न नहुने उल्लेख गरे ।

‘सहकारीका अपचलन गर्ने सयौंको संख्यामा छन् । ती मान्छेमध्ये ५/६ सय मान्छे अभियोजनको क्रममा छन् । अरु ५/७ सय मान्छे फरार छन् । ती सबै मान्छेलाई अनुसन्धानको दायरामा ल्याउ । त्यो नयाँ होस् कि पुरानो होस्, त्यो घाम तापेर बसेको होस् कि घण्टी बजाएर बसेको होस् कि रुखको छायामुनि बसिराखेको होस् । सबैलाई अनुसन्धानमा ल्याउ’ उनले भने ।

महामन्त्री थापाले प्रधानमन्त्री, मन्त्रीहरुलाई धेरै नबोल्न पनि सुझाव दिए । सरकारमा बसेकाहरुले बोल्ने नभई उनीहरुले गरेका काम बोल्नुपर्ने महामन्त्री थापाको भनाई थियो ।

‘मैले प्रधानमन्त्रीजीलाई पनि भनेको, मन्त्रीजीहरुलाई पनि भनेको हो–तपाईहरुले केही समय बोल्न बन्द गरिदिनोस् । तपाईंहरुले जवाफ फर्काउने होइन, तपाईंको कामले बोलोस् । तपाईंले गरेका निर्णयहरुले बोलुन् न । सरकारले गरेका कामहरुले एउटा कन्फिडेन्स देओस् न’ महामन्त्री थापाले भने,’जुन सकारात्मक वातावरण छ । त्यो सकारात्मक वातावरणमा यति सहजतामा रहेको सरकारले त केही कुराहरुको जोखिम उठाउने आँट गरोस् न । हामी सरकार बदलिराख्ने एउटा पीडाबाट बाहिर निस्केका छौं । कम्तिमा अब ३ वर्ष कहीँ तलमाथि हुँदैन भन्ने विश्वास हामी सबैले राखेका छौं । यसको बेनिफिट आम नागरिकले पाउनुपर्‍यो नि त । त्यो बेनिफिट उसले गर्ने निर्णयहरुमा पाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौँ उपत्यकामा वायु प्रदूषण

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २

काठमाडौं – प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा  समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९