"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अदालतबाट रवि लामिछाने सहित चार जनालाई १० दिन हिरासतमा राख्न अनुमति

प्रकाशित मिति :  5 November, 2024 7:18 pm


पोखरा- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १० दिनको म्याद दिएको छ। तेस्रोपटक म्याद थपका लागि प्रहरीले आज लामिछानेलाई अदालत लगेको थियो।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार गत १५ गतेदेखि लागू हुने गरी म्याद थप भएको हो। यस हिसाबले लामिछानेमाथि छानबिनका लागि अहिले थपिएको १० दिनको म्याद कात्तिक २५ गते नै सकिने छ। १५ गते नै म्याद सकिने भए पनि तिहारलगायत चाडपर्वका कारण अदालत बन्द भएपछि म्याद थप भएको थिएन। आज अदालत खुला भएसँगै म्याद थपका लागि लगिएको थियो।

लामिछाने सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए। लामिछानेमाथि जिल्ला सरकारी वकिलको कार्यालयले भने सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि छानबिन गर्नुपर्ने देखिएको भन्दै ३० दिनको म्याद थप गर्न माग गरेको थियो। तर अदालतले भने १० दिनको म्याद दिएको हो। लामिछानेलगायतविरुद्ध सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप छ।

उनीविरुद्ध दोस्रोपटकको म्याद थप यही कात्तिक १४ गते सकिएको थियो। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा हिरासतमा राखेर उनीमाथि अनुसन्धान जारी छ। उनीविरुद्ध पहिलोपटक ६ दिन म्याद थपिएको थियो। दोस्रोपटक सात दिन म्याद थपेर अनुसन्धान गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद