"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गण्डकी प्रदेशका सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर

प्रकाशित मिति :  5 November, 2024 7:24 pm


काठमाडौँ – गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलकाअनुसार उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर गरेको थियो । उच्चको फैसलाविरुद्ध मनाङे निवेदन लिएर सर्वोच्च पुगेका थिए ।

मनाङेको मागदाबी नपुग्ने फैसला भएको प्रवक्ता कुइँकेलले बताए । उच्च अदालतले मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो ।

मनाङ प्रदेश सभा-२ बाट २०७४ र २०७९ को चुनावमा स्वतन्त्रबाट निर्वाचित मनाङे प्रदेशसभामा भएको सत्ता फेरबदलको फाइदा उठाउँदै पटकपटक मन्त्री बनेका थिए । गठबन्धन बदल्दै मन्त्री बन्दै गरेका मनाङेले केही महिनाअघि मन्त्री बन्न अल्छी लागेको भन्दै राजनीतिक प्रणालीमाथि नै व्यंग गरेका थिए ।

हाल फैसला भएको मुद्दा २०६१ को घटनाको हो । गुन्डा नाइके रहेका मनाङेले अर्का गुन्डा नाइके मिलन चक्रे भनिने मिलन गुरुङमाथि तरबार आक्रमण गरेका थिए । उक्त आक्रमणमा मिलन गुरुङको हात काटिएको थियो ।

उक्त घटनामा संलग्न मनाङे समूहविरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । तर, काठमाडौं जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दा नभई कुटपिटको मुद्दा ठहर गरी मनाङेलाई २ वर्ष जेल सजाय सुनाएको थियो ।

जिल्ला अदालतको उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै ज्यानमुद्दा ठहर गरी मनाङेलाई ५ वर्ष जेल सजाय हुने ठहर गरेको थियो । त्यसपछि मनाङे फरार भएका थिए ।

२०७५ वैशाखमा पक्राउ परेका मनाङे जेल चलान गरिएका थिए । त्यतिबेलासम्म उनी गण्डकी प्रदेश सभाको सदस्यमा निर्वाचित भइसकेका थिए । उनी २०७४ को निर्वाचनमा मनाङ-२ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

उक्त मुद्दामा मनाङे २ वर्ष जेल सजाय काटिसकेका छन् । अब उनी ३ वर्ष जेल जानुपर्नेछ । उनी २०७९ को निर्वाचनमा पनि मनाङेबाटै गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले