"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्ता सहकार्य सहजिरणका लागि कांग्रेस–एमालेको संयन्त्र गठन

प्रकाशित मिति :  6 November, 2024 9:49 pm


काठमाडौँ- सरकार सञ्चालनमा सहजीकरण गर्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले संयन्त्र गठन गरेका छन्। तीनै तहका सरकार सञ्चालनमा सहजीकरण गर्ने गरी संयन्त्र गठन भएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

दुई दलका तर्फबाट चार–चारजना सदस्य रहने गरी गत सोमबार गठन गरिएको संयन्त्रलाई संघीय सरकार सञ्चालनमा समन्वय गर्ने जिम्मेवारी दिइएको गौतमको भनाइ छ। संययन्त्रमा दुवै पार्टीका पदाधिकारी तहका नेताहरू छन्।

संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखक सदस्य छन्।

एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका उपमहासचिव विष्णु रिमाल सदस्य छन्।

सरकारलाई व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्रले काम गर्ने बताइएको छ। प्रदेशमा पनि दुवै दलका तीन–तीनजना सदस्य रहने गरी ६ सदस्यीय संयन्त्र गठन गरिने बताइएको छ। दुई दलबीच जिल्ला तहमा समेत दुई–दुईजना सदस्य रहने गरी संयन्त्र बनाउने समझदारी भएको छ।

अहिले संघीय सरकारमा कांग्रेस-एमालेसहितको गठबन्धनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार छन्। त्यस्तै प्रदेशमा पनि यी दुई दलसहित केही साना दलले आलोपालो गर्ने गरी नेतृत्व गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद