"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रवि लामिछानेलाई थप १३ दिन म्यादका लागि अदालतको अनुमती

प्रकाशित मिति :  10 November, 2024 6:26 pm


पोखरा– कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमै राख्न म्याद थपको अनुमति दिएको छ। आज आइतबार चौँथोपटक म्याद थपका लागि लामिछानेलाई अदालत लगिएको थियो। लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएका हुन्।

लामिछानेलाई हिरासतमै राखेर थप अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले थप २५ दिनको म्याद माग गरेको गरेको थियो। आलामिछानेको म्याद थपबारेको बहस न्यायाधीश नवराज दाहालको इजलासमा भएको थियो।

सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेलाई तेस्रोपटक कात्तिक २० गते अदालत पेस गरिएको थियो। कात्तिक १४ गतेदेखि लागू हुने गरी १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीले म्याद पाएकोमा उक्त म्याद आज सकिएको थियो।

रविलाई कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो। कात्तिक ४ गते जिल्ला अदालत कास्की पेस गरिएकोमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो।

त्यसपछि दोस्रोपटक ७ दिनको म्याद थपिएकोमा पछिल्लो पटक १० दिन थपिएको हो। लामिछानेलाई पक्राउको विरोधमा रास्वपाले भने देशभरी विरोध प्रदर्शन गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद