"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माओवादी पदाधिकारी बैठकका तीन निर्णय सार्वजनिक

प्रकाशित मिति :  11 November, 2024 12:24 pm


काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले तीन वटा निर्णय गरेको छ। सोमबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले स्थानीय तह उपनिर्वाचन र पार्टीको आगामी कार्यक्रमसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो।

बैठकको निर्णय सुनाउँदै उपाध्यक्षसमेत रहेका अग्निप्रसाद सापकोटाले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि प्रदेशले टुंग्याएको उम्मेदवारहरूलाई अनुमोदन गर्ने निर्णय भएको बताए।

‘सबै उम्मेदवारहरूलाई जिताउन नेता कार्यकर्ताहरूलाई एकताबद्ध र प्रतिबद्ध भएर लाग्नका लागि अपिल पनि गर्ने निर्णय भएको छ,’ सापकोटाले भने। उनले निर्वाचनमा सफलता हासिल गर्न योजना र कार्यक्रमहरू बनाइएको पनि बताए। बैठकले मंसिर मसान्तसम्म सबै पालिकाको सम्मेलन गर्ने निर्णय पनि गरेको छ।

सरकारले आम नागरिकको पक्षमा काम नगरेको भन्दै माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गरेको थियो। माओवादी केन्द्रले सबै पालिकाहरूबाट पनि खबरदारी गर्ने भनेको थियो। सोमबारको बैठकले पालिका सम्मेलन र खबरदारी सभा एकैपटक मंसिर मसान्तसम्म गर्ने निर्णय गरेको छ।

‘खबरदारी कार्यक्रममलाई अझै बृहत् र प्रभावकारी बनाउने गरी नेता कार्यकर्ता परिचालन गर्नेछौं,’ प्रवक्ता सापकोटाले भने। बैठकले पुस २ गते केन्द्रीय समिति बैठक बस्ने निर्णय पनि गरेको छ। यीसँगै अन्य समसामयिक विषयमा पनि छलफल र निर्णय भएको सापकोटाले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद