"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यो सरकारलाई उल्ट्याएर बन्‍ने हाम्रै सरकार हो : अध्यक्ष दाहाल

प्रकाशित मिति :  16 November, 2024 9:51 pm


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार निर्माणमा आफ्नो पार्टीको भूमिका अझै महत्त्वपूर्ण रहने बताएका छन् । संसद्मा रहेको अंकगणितका हिसाबले वर्तमान सत्ता गठबन्धन भत्किएमा माओवादी केन्द्र संलग्न सरकार गठन हुने दाहालको दाबी छ । 

काठमाडौंमा शनिबार आयोजित पार्टीको कार्यक्रममा दाहालले संसद्मा माओवादीसँग जादुयी संख्या रहेको दोहोर्‍याएका हुन् । ‘अहिले पनि भन्छु हाम्रो संख्या म्याजिकै (जादुयी) छ । हामी ३२ सांसद भएको हुनाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी । विपक्षी दल भनेको ‘गभर्नमेन्ट इन वेइटिङ’ भन्छ पर्खिइराखेको सरकार हो,’ दाहालले भने, ‘यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो फेरि, त्यसकारण हामी चिन्तित हुनुपर्ने कुनै कुरा छैन ।’

यसअघि सरकारको नेतृत्व गरिरहेका बेला दाहालले माओवादीसँग ३२ सिटको जादुयी सांसद संख्या रहेकाले आफू नेतृत्वको सरकार नढल्ने अभिव्यक्ति दिएका थिए ।

वर्तमान सत्ता गठबन्धनले भ्रष्टाचारीहरूलाई संरक्षण गरेको दाहालको आरोप थियो । आफू नेतृत्वको सरकारले सुशासनका पक्षमा चालेका कदमलाई रोकेको पनि उनले बताए । भ्रष्टाचारीलाई कारबाहीको दायरामा नल्याएसम्म जनताले नछोड्ने र माओवादीले पनि त्यसमा खबरदारी गर्नुपर्ने उनको भनाइ थियो । ‘जबसम्म भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याइँदैन जनता छोड्नेवाला छैनन्, हामी पनि छोड्नेवाला छैनौं । हामीले सुरु गरेको सुशासनको अभियान त्यत्तिकै रोकिने छैन,’ उनले भने ।

माओवादी सरकारमा हुँदा सामाजिक न्याय र सुशासनको पक्षमा परिणाम आउने गरी काम भएको बताउँदै दाहालले ती कदम चालेकोमा सरकारबाट हटाउने काम भएको दाबी गरे । ‘हामीले भ्रष्टाचारविरुद्ध अभियान चलाएबापत भ्रष्टाचारीहरूलाई जोगाउन अप्राकृतिक ढंगले संसद्को पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाएका छन् । यहाँसम्म आउँदा उनीहरूको उद्देश्य सुशासन होइन, भ्रष्टाचारीहरूलाई रक्षा गर्ने र त्यसको विरोध गर्नेहरूलाई कुनै न कुनै रुपले दमन गर्नेतिर केन्द्रित छ,’ उनले भने ।

दाहालले पार्टी निर्माणका लागि क्रियाशील बन्न आग्रह गरे‍का थिए । छिट्टै पार्टी केन्द्रीय कमिटी बैठक बसेर नयाँ कार्यक्रम तय गर्ने जानकारी दिँदै उनले यसबीचमा ७ सय ५३ वटै पालिकामा खबरदारीसभा गर्नतिर लाग्न नेता र कार्यकर्ताहरूलाई निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद