"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या

प्रकाशित मिति :  31 January, 2022 5:21 pm


लमजुङ, माघ १७। डिभिजन वन कार्यालय लमजुङमा कर्मचारी अभाव हुँदा कार्य सम्पादनमा समस्या भएको छ । दरबन्दीअनुसारका कर्मचारीको पदपुर्ती हुन नसक्दा कार्यालयको दैनिकीमा समस्या भएको हो ।

४५ जनाको दरबन्दी रहेको कार्यालयमा २३ जना कर्मचारी मात्र कार्यरत रहेका छन् । कार्यालयमा सबैभन्दा बढी वन रक्षकको अभाव रहेको डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीले बताउनुभयो । २७ जना वन रक्षकको दरबन्दी रहेको कार्यलयमा हाल १७ जना वन रक्षकको पद रिक्त रहेको उहाँ बताउनुहुन्छ । तीन जना सहायक वन अधिकृत, एक जना खरिदार र एक जना फरेस्टरसहित २२ जना कर्मचारीको पद रिक्त रहको डिभिजन वन अधिकृत सुवेदीको भनाइ छ ।

डिभिजन वन कार्यालय माताहतमा रहेका जिल्लाका सब–डिभिजन कार्यालयमा पनि कर्मचारी अभावका कारण काम गर्न समस्या भएको छ । डिभिजन वन कार्यालयका प्रमुख सुवेदीका अनुसार एक जना सहायक वन अधिकृतले तीनवटा पालिका तथा दुई सब–डिभिजन कार्यालय हेर्नुपर्ने बाध्यता छ ।

आठवटा स्थानीय तह रहेको लमजुङमा प्रत्येक पालिकामा एक सब–डिभिजन कार्यालय हुनुपर्नेमा दुई पालिका हेर्ने गरी एक सब–डिभिजन कार्यालय रहेको छ । ती कार्यालयहरुमा पनि दरबन्दीअनुसारको कर्मचारी नहुँदा अन्य कर्मचारीलाई मार पर्ने गरेको सहायक वन अधिकृत शंकर पुरी बताउनुहुन्छ । त्यसमा पनि स्रोत साधनको उचित व्यवस्था नहँुदा झनै समस्या भोग्नुपरेको उहाँको कथन छ ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी सन्तोष खनालका अनुसार कर्मचारी करारमा राखेर काम गर्दा पनि दरबन्दीअनुसार कर्मचारी अभाव छ । जिल्लाका विभिन्न सामुदायिक वनको स्थलगत अनुगमनलगायत समग्र वनको हेरचाहमा समेत समस्या भएको उहाँको भनाइ छ ।

लमजुङमा कूल भू–भागमध्ये ६७ हजार ७ सय ३४ हेक्टर क्षेत्रफलमा वन क्षेत्रले ओगटेको छ । कूल वन क्षेत्रको करिव २८ प्रतिशत अर्थात् १८ हजार ८ सय ५० हेक्टर वन क्षेत्र एक्यापको क्षेत्रभित्र पर्ने कार्यालयका सूचना अधिकारी खनालले जानकारी दिनुभयो । कार्यालयका अनुसार जिल्लामा १ धार्मिक वनसहित ३ सय ४१ सामुदायिक वन उपभोक्त समूह र १ सय ७३ कवुलियती वन समूह रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द

काठमाडौँ – १० दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएअनुरूप सेवाग्राहीको घरमै राहदानी

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले राष्ट्रियस्तरका विभिन्न कर्मचारी ट्रेड युनियनहरू खारेज गरेको जनाएको

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट