"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या

प्रकाशित मिति :  31 January, 2022 5:21 pm


लमजुङ, माघ १७। डिभिजन वन कार्यालय लमजुङमा कर्मचारी अभाव हुँदा कार्य सम्पादनमा समस्या भएको छ । दरबन्दीअनुसारका कर्मचारीको पदपुर्ती हुन नसक्दा कार्यालयको दैनिकीमा समस्या भएको हो ।

४५ जनाको दरबन्दी रहेको कार्यालयमा २३ जना कर्मचारी मात्र कार्यरत रहेका छन् । कार्यालयमा सबैभन्दा बढी वन रक्षकको अभाव रहेको डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीले बताउनुभयो । २७ जना वन रक्षकको दरबन्दी रहेको कार्यलयमा हाल १७ जना वन रक्षकको पद रिक्त रहेको उहाँ बताउनुहुन्छ । तीन जना सहायक वन अधिकृत, एक जना खरिदार र एक जना फरेस्टरसहित २२ जना कर्मचारीको पद रिक्त रहको डिभिजन वन अधिकृत सुवेदीको भनाइ छ ।

डिभिजन वन कार्यालय माताहतमा रहेका जिल्लाका सब–डिभिजन कार्यालयमा पनि कर्मचारी अभावका कारण काम गर्न समस्या भएको छ । डिभिजन वन कार्यालयका प्रमुख सुवेदीका अनुसार एक जना सहायक वन अधिकृतले तीनवटा पालिका तथा दुई सब–डिभिजन कार्यालय हेर्नुपर्ने बाध्यता छ ।

आठवटा स्थानीय तह रहेको लमजुङमा प्रत्येक पालिकामा एक सब–डिभिजन कार्यालय हुनुपर्नेमा दुई पालिका हेर्ने गरी एक सब–डिभिजन कार्यालय रहेको छ । ती कार्यालयहरुमा पनि दरबन्दीअनुसारको कर्मचारी नहुँदा अन्य कर्मचारीलाई मार पर्ने गरेको सहायक वन अधिकृत शंकर पुरी बताउनुहुन्छ । त्यसमा पनि स्रोत साधनको उचित व्यवस्था नहँुदा झनै समस्या भोग्नुपरेको उहाँको कथन छ ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी सन्तोष खनालका अनुसार कर्मचारी करारमा राखेर काम गर्दा पनि दरबन्दीअनुसार कर्मचारी अभाव छ । जिल्लाका विभिन्न सामुदायिक वनको स्थलगत अनुगमनलगायत समग्र वनको हेरचाहमा समेत समस्या भएको उहाँको भनाइ छ ।

लमजुङमा कूल भू–भागमध्ये ६७ हजार ७ सय ३४ हेक्टर क्षेत्रफलमा वन क्षेत्रले ओगटेको छ । कूल वन क्षेत्रको करिव २८ प्रतिशत अर्थात् १८ हजार ८ सय ५० हेक्टर वन क्षेत्र एक्यापको क्षेत्रभित्र पर्ने कार्यालयका सूचना अधिकारी खनालले जानकारी दिनुभयो । कार्यालयका अनुसार जिल्लामा १ धार्मिक वनसहित ३ सय ४१ सामुदायिक वन उपभोक्त समूह र १ सय ७३ कवुलियती वन समूह रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। कार्यालयले ती निर्माण कम्पनीलाई आइतबार कालोसूचीमा राख्ने निर्णय

काठमाडौं – गृह मन्त्रालयले १३ जना प्रहरी निरीक्षक –इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ  ।मन्त्रालयको बढुवा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष दुई तिहाइ मुद्दामा सफलता पाएको छ । विशेष अदालतले बुधबार सार्वजनिक गरेको

काठमाडौँ — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा ७७ जना कर्मचारी नियुक्त गर्न आवेदन मागेको छ। कम्पनीले शुक्रबार