"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संविधानअनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा अध्ययन गर्न संसदीय उपसमिति गठन

प्रकाशित मिति :  26 November, 2024 9:21 pm


काठमाडौँ – राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्न बाँकी कानुनहरू सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको बैठकले संविधानअनुसार बन्न बाँकी कानुनहरुको संसद्मा ल्याउन भनि दिएको निर्देशनको कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्न एकीकृत समाजवादीका सांसद वेदुराम भुसालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिका सदस्यहरुमा माओवादी केन्द्रबाट गंगाकुमारी वेल्वासे, एमालेबाट गोपाल भट्टराई, कांग्रेसबाट विष्णुदेवी पुडासैनी र जनता समाजवादी पार्टी नेपालबाट मृगेन्द्रकुमार सिंह यादव छन् ।।

समितिलाई अध्ययन प्रतिवेदन समितिमा पेश गर्न आजैको मितिदेखि एक महिनाको समय दिइएको समिति सभापति तुलसा कुमारी दाहालले जानकारी दिइन् ।

उनकाअनुसार उपसमितिले कुन मन्त्रालयले कति वटा विधेयक ल्याए र कति वटा विधेयक ल्याउन बाँकी छन् भन्न विषयमा अध्ययन गर्नेछ ।

उपसमितिले बुझाएको प्रतिवेदनको आधारमा सम्बन्धित मन्त्रालयलाई समितिले सुझाव तथा निर्देशन उहाँको भनाइ छ । केही ऐनहरु पञ्चायतकालका तथा संविधान बन्नुभन्दा पहिलेका समेत रहेको उल्लेख गर्दै उहाँले ति ऐनहरुलाई समसामयिक बनाउनका लागि मन्त्रालयहरुसँग आवश्यक छलफल र सहाकार्य गर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद